2026-11-03 03:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रुपन्देहीमा महिला हत्या प्रकरण : चार जना पक्राउ

2026-11-03

काठमाडौँ | रुपन्देहीको कोटहीमाई गाउँपालिकामा एक महिलाको हत्या घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार गत कात्तिक १२ गते कोटहीमाई गाउँपालिका–६ स्थित धानखेतमा ४९ वर्षीया जुबेदा खातुन धोबीको हत्या भएको थियो ।

कोटहीमाई गाउँपालिका ५ स्थित छोटकी मझगावाँमा बस्दै आएकी जुबेदालाई काेदालाे बिँडले प्रहार गरी घाँटीमा हँसियाले काटेर हत्या गरिएको विज्ञप्तिमा उल्लेख छ । घटनाको अनुसन्धानका क्रममा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका–६ खजनी चोकका ४० वर्षीय बैजनाथ यादव, सोही स्थानका २६ वर्षीय मन्जे हरिजन, ३० वर्षीय प्रमोदकुमार कुर्मी र साेही गाउँ पालककाे मर्चवारी बस्ने ३५ वर्षीय धर्मराज यादव रहेका छन् ।

प्रहरीले उनीहरूलाई रुपन्देही जिल्ला अदालतमा पेस गरेकोमा अदालतबाट कात्तिक १६ गते ज्यानसम्बन्धी, करणीसम्बन्धी तथा चोरी र डाँकासम्बन्धी कसुरमा अनुसन्धान गर्न म्याद थप भएको विज्ञप्तिमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक चन्द्रकिशोर शाहका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदीमध्ये दुई जना पक्राउ कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप नगर्नू : देवराज चालिसे एनपीएल : विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्न, संसद्‌मै छलफल गर्न माग एनपीएल : जनकपुरविरुद्ध इमरान शेखको अर्धशतक रुपन्देहीमा महिला हत्या प्रकरण : चार जना पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै एनपीएल : टस जितेर जनकपुरले रोज्यो बलिङ, विराटनगर पहिले ब्याटिङ गर्दै ट्रम्पको लोकप्रियताको परीक्षा : अमेरिकामा आज मध्यावधि निर्वाचन जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै निर्वाचन आयोगमा गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक एनपीएल : सुदूरपश्चिमले टस जितेर बलिङ रोज्यो, चितवन ब्याटिङमा कर्णालीलाई ४ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको पहिलो जित साताको पहिलो दिनमै दोहोरो अङ्कले घट्यो नेप्से संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग एलपी ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य