2026-11-03 04:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्न, संसद्‌मै छलफल गर्न माग

2026-11-03

काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै कर्मचारीतन्त्रमा चरम आतंक सिर्जना गरिएको आरोप लगाएका छन् । मंगलबार सभामुख डोलप्रसाद अर्याललाई सिंहदरबारमा भेटेपछि पत्रकारहरूलाई प्रतिक्रिया दिँदै आङदेम्बेले भने, ‘कर्मचारीहरूलाई कार्यस्थलबाटै उठाएर ल्याउने गरिएको छ। प्रधानमन्त्री कार्यालय नै झन्डैझन्डै यातना गृह जस्तो भएको अनुभूति सबैले गरिरहेका छन् । यो सबैको निकास संसद्‌बाट खोज्नुपर्छ ।’

आङदेम्बे विपक्षी दलहरूको संयुक्त बैठक तथा कांग्रेस संसदीय दलको बैठकको निर्णय लिएर सभामुखलाई भेट्न पुगेका नेता आङ्देम्बेले संसद् बाहिर धेरै संवेदनशील विषयहरू उठिरहेकाले त्यसको निकास संसद्‌भित्रैबाट खोज्नुपर्ने बताए । उनले देशमा थुप्रै गम्भीर समस्याहरू देखिएकाले संसद्लाई धेरै दिन खाली राख्न नहुने धारणा राखे । ‘अहिले बाहिर आएका विषयहरू अत्यन्तै संवेदनशील छन् । यसलाई बाहिरै राखेर अन्योल वा भुमरी जस्तो बनाउनुभन्दा संसद्‌भित्रै छलफल गराउनुपर्छ र संसद्को बैठक चाँडै बोलाउनुपर्छ भनेर हामीले आग्रह गरेका छौँ,’ आङ्देम्बेले भने ।

उनले प्रेसमाथि भइरहेको हस्तक्षेप, न्यायालयभित्र देखिएका विचलन, प्रहरी प्रशासनको कार्यशैली तथा स्वयं प्रधानमन्त्री जोडिएका विषयहरूमा संसद्‌मा खुला संवाद आवश्यक भइसकेको उनको भनाइ थियो । आङ्देम्बेले संसद्को आवश्यकता सबैलाई महसुस भइरहेको बेला सरकार भने अध्यादेशमार्फत अघि बढ्न खोजेको आरोप लगाए । यस्तो प्रवृत्तिले लोकतन्त्र र यसको मर्मलाई सुखद संकेत नगर्ने उनले बताए । यस्तै, भोटेकोशी र रसुवाका बाढीपहिरो पीडितलाई राज्यले एकादेशको कथा जस्तो बनाएर बिर्सिएको गुनासो उनले गरे । ‘त्यत्रो सहयोग जुटेको छ, तर कहाँ सदुपयोग भयो कसैलाई थाहा छैन । पीडितहरूलाई घरभाडा बापत दिने भनिएको १५ हजार रुपैयाँ समेत दिइएको छैन,’ उनले भने, ‘बजारमा महँगी बढेको छ, बिचौलियाको बिगबिगी छ र सर्वत्र आतंक छ । यस्ता जनसरोकारका विषयमा संसद् मूकदर्शक बन्न सक्दैन ।

विपक्षी दलहरूले उठाएका यी चासो र निर्णयहरूबारे सभामुख अर्याललाई औपचारिक रूपमै जानकारी गराइएको र छिटोभन्दा छिटो संसद् बैठक आह्वानको वातावरण बनाउन आग्रह गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदीमध्ये दुई जना पक्राउ कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप नगर्नू : देवराज चालिसे एनपीएल : विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्न, संसद्‌मै छलफल गर्न माग एनपीएल : जनकपुरविरुद्ध इमरान शेखको अर्धशतक रुपन्देहीमा महिला हत्या प्रकरण : चार जना पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै एनपीएल : टस जितेर जनकपुरले रोज्यो बलिङ, विराटनगर पहिले ब्याटिङ गर्दै ट्रम्पको लोकप्रियताको परीक्षा : अमेरिकामा आज मध्यावधि निर्वाचन जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै निर्वाचन आयोगमा गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक एनपीएल : सुदूरपश्चिमले टस जितेर बलिङ रोज्यो, चितवन ब्याटिङमा कर्णालीलाई ४ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको पहिलो जित साताको पहिलो दिनमै दोहोरो अङ्कले घट्यो नेप्से संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग एलपी ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य