2026-11-03 04:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप नगर्नू : देवराज चालिसे

2026-11-03

काठमाडौँ | नेपाली कांग्रेसका पूर्वप्रवक्ता देवराज चालिसेले पार्टीको आन्तरिक विषयमा हस्तक्षेप नगर्न सत्तारूढ पक्षलाई चेतावनी दिएका छन्। कांग्रेसको वैधानिकता प्रमाणित गर्न सत्ता पक्षको कुनै व्यक्ति वा शक्तिको आवश्यकता नरहेको बताउँदै उनले पार्टी आफ्नै विधान र लोकतान्त्रिक प्रक्रियाबाट सञ्चालन हुने बताएका छन्। चालिसेले कांग्रेसका प्रत्येक सांगठनिक गतिविधि पार्टीको विधानअनुसार हुने र विधान देशको संविधान तथा प्रचलित कानुनको अधीनमा रहेर कार्यान्वयन हुने बताएका छन्। लाखौँ सदस्यको अभिमत, सहभागिता र वैधानिक प्रक्रियाबाट प्राप्त निर्णय नै पार्टी सञ्चालनको आधार भएको उनको भनाइ छ।

उनले भनेका छन्- कांग्रेसको वैधानिकता प्रमाणित गर्न सत्ताद्वारा खडा गरिएको कुनै सिखण्डी, प्यादा वा कृपापात्रको आवश्यकता पर्दैन, लाखौँ सदस्यको अभिमत, तिनको सहभागिता र पार्टीको वैधानिक प्रक्रियाबाट प्राप्त निर्णय नै कांग्रेस सञ्चालनको आधार हो। पार्टीभित्र विमति हुन सक्छन्, असहमति हुन सक्छन्। ती आन्तरिक विषय हुन् र लोकतान्त्रिक प्रक्रियाबाट समाधान हुँदै जान्छन्। कांग्रेसभित्रको असहमतिलाई देखाएर लोकतन्त्रविरोधीहरूले हर्षबढाइँ गर्नु कुनै आवश्यक छैन।’

उनले सत्तारूढ पक्षलाई आफ्नो समस्या आफैँ समाधान गर्न र कांग्रेसको आन्तरिक विषयमा अनावश्यक चासो नराख्न आग्रह गरेका छन्। कांग्रेस सामाजिक सञ्जालका अभिव्यक्ति र उत्तेजनात्मक भाषणबाट निर्माण भएको पार्टी नभएको बताउँदै चालिसेले कलाकार र राजनेता हुनु, भीड जम्मा गर्नु र राजनीतिक दल निर्माण गर्नु तथा चुनाव जित्नु र लोकतान्त्रिक संस्कार स्थापित गर्नु फरक विषय भएको उल्लेख गरेका छन्। सत्ताको उन्मादमा इतिहासलाई चुनौती नदिन चेतावनी दिँदै उनले शक्ति स्थायी नहुने र अहंकारको आयु छोटो हुने बताएका छन्। सद्दाम हुसेन, मुअम्मर गद्दाफी र एडोल्फ हिटलरजस्ता शासकको पतन स्मरण गराउँदै उनले इतिहासले कसैलाई सधैँ उन्मुक्ति नदिने टिप्पणी गरेका छन्। आज दबाइएका वा ओझेलमा पारिएका प्रश्नको जवाफदेहिताको समय पनि आउने उनको चेतावनी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदीमध्ये दुई जना पक्राउ कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप नगर्नू : देवराज चालिसे एनपीएल : विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्न, संसद्‌मै छलफल गर्न माग एनपीएल : जनकपुरविरुद्ध इमरान शेखको अर्धशतक रुपन्देहीमा महिला हत्या प्रकरण : चार जना पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै एनपीएल : टस जितेर जनकपुरले रोज्यो बलिङ, विराटनगर पहिले ब्याटिङ गर्दै ट्रम्पको लोकप्रियताको परीक्षा : अमेरिकामा आज मध्यावधि निर्वाचन जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै निर्वाचन आयोगमा गगन थापा नेतृत्वको कांग्रेस कार्यसमिति अद्यावधिक एनपीएल : सुदूरपश्चिमले टस जितेर बलिङ रोज्यो, चितवन ब्याटिङमा कर्णालीलाई ४ विकेटले हराउँदै काठमाडौँ गोर्खाजको पहिलो जित साताको पहिलो दिनमै दोहोरो अङ्कले घट्यो नेप्से संसद् बैठक आह्वान गर्न प्रतिपक्षी दलहरूको माग एलपी ग्यास उद्योगलाई गाभ्ने प्रक्रिया अघि बढाउँदै आयल निगम कर्णालीले काठमाडौँलाई दियो १८१ रनको लक्ष्य