Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नायिका प्रतिक्षा खड्काको फराकिलो मन, अपांग अनाथलाई सहयोग गर्दै मनाइन् जन्मदिन

२०७४, २ मंसिर शनिबार ०८:२६

मंसिर २, काठमाडौं । नव–नायिका प्रतिक्षा खड्काले आज आफ्नो जन्मदिन मनाएकी छिन् । समाजसेवा गर्न मन पर्ने बताउने उनले अपांग बालबालिकाहरुलाई सहयोग गर्दै जन्मदिन मनाएकी हुन् । 

काठमाडौंको गोकर्णस्थित ‘संयुक्त अपांग एकता आवाज केन्द्र’मा चामल, चाऊचाऊ जस्ता अत्यावसेक खाद्यान्न सहयोग गरेकी हुन् । उक्त संस्थामा रहेको जम्मा ४२ अनाथ तथा अपांग बालबालिकाहरुसँग आफ्नो जन्मदिन मनाउन पाउदा निकै खुसी लागेको नायिका प्रतिक्षा बताउछिन् । ‘मलाई कुनै पनि सामाजिक कार्य गर्न एकदम मन पर्छ, त्यसैले पनि जन्मदिनको अवसरमा सहयोग गरेकी हुँ।’, यो भन्दाअघि पनि उनले बाढिपहिरोमा परेकाहरुलाई सहयोग गर्दै पनि आएकी थिइन् ।


धेरैले पार्टी समारोहमा गरेर आफ्नो जन्मदिन मनाउँछन् तपाईलाई त्यतातिर ध्यान गएन ? भन्ने हाम्रो प्रश्नमा नायिका प्रतिक्षा भन्छिन्, ‘साथीभाईसँग पार्टी गरेर, रमाइलो गरेर छिनभरका लागी रमाइलो हो तर मनको शान्ति यसरी नै सहयोग गर्न पाउँदा हुन्छ ।’ प्रतिक्षासँगै उनकी आमा पुर्ण कुमारी खड्का पनि उपस्थित थिइन् ।

‘संयुक्त अपांग एकता आवाज केन्द’ का अध्यक्ष तिल बहादुर कार्कीले पनि आफ्नो सामाजिक संस्थामा यसरी नै थुप्रै सहयोगी मनहरु आइरहने जानकारी दिए । 


बिभिन्न कलाकार तथा समाजसेवीहरुको सानो–सानो सहयोगले पनि कसैको जीवनमा ठुलो सहयोग हुने उनी बताउछन् । ‘पछिल्लो समय धेरे कलाकारहरु आफ्नो जन्मदिनको दिन, त्यसैगरी अन्य बेलामा पनि केहि न केहि सहयोग गर्न आउनुहुन्छ । अनाथ अपांग बालबालिकाहरुसँग केहिबेर बसेर जानुहुन्छ त्यो नै ठुलो कुरा हो हाम्रो लागी ।’, अध्यक्ष कार्कीले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो