
काठमाडौँ | कमलामाई नगरपालिका –१० डाँडाटोलमा श्रीमानले लोहोरो प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ । आज बिहान १ बजे सामान्य विवाद हुँदा ४२ वर्षीय मनोज कार्कीले श्रीमती ४० वर्षीया सानु कुमारी कार्कीलाई लोहोरोले टाउकोमा प्रहार गर्दा उनको मृत्यु भएको हो ।
घटनाबारे १ः१५ बजे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भिमान र जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घटनामा संलग्न कार्कीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।