2026-09-19 04:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीको चुनावः उम्मेदवार घरदैलोमा, रोचक बन्दै प्रतिष्पर्धा

मंसिर ३, नवलपरासी । दोस्रो चरणमा निर्वाचन हुने नवलपरासीमा पनि निर्वाचनको समय नजिकिँदै जाँदा चुनावी रौनक छाएको छ । प्रदेश नं ४ र प्रदेश नं ५ मा विभाजित नवलपरासीका दुईवटा जिल्लामै उम्मेदवार यतिबेला मतदातालाई आफ्नो पक्षमा पार्न लागिपरेका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार मतदातालाई विभिन्न भेला, सभा, घरदैलो लगायतका चुनावी प्रचार प्रसार कार्यक्रममार्फत रिझाउन व्यस्त छन् । यसपटक पनि अधिकांश उम्मेदवाहरु पुरानै अनुहारका रहेका छन् भने केही नयाँ अनुहार चुनाबी मैदानमा छन् । यहाँ विशेषगरी नेपाली कांग्रेस र वाम गठबन्धनबीच प्रतिस्पर्धा देखिन्छ ।

नवलपरासीका दुई जिल्लामा प्रतिनिधिसभातर्फ चारवटा र प्रदेशसभातर्फ आठवटा निर्वाचन क्षेत्र रहेका छन् । यसपटकको निर्वाचनमा पनि नवलपरासीबाट केही शीर्षदलका शीर्ष नेताहरु चुनावी मैदानमा रहेकाले पनि सो क्षेत्र चर्चामा छ ।

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइराला नवलपरासी (बर्दघाट सुस्ता) पूर्व क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं. १ बाट चुनावी मैदानमा छन् । कोइराला ०६४ र ०७० को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित सांसदसमेत हुन् । सो निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट माओवादी केन्द्र पोलिटब्यूरो सदस्य नेता भविश्वर पराजुली मुख्य प्रतिस्पर्धीका रुपमा छन् ।

यसैगरी स्वतन्त्र राजनीतिक समूहका अगुवा र पूर्वमन्त्री नेता हृदयेश त्रिपाठी वाम गठबन्धनका तर्फबाट नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं १ बाट चुनावी मैदानमा छन् । 

सो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका नेता देवकरणप्रसाद कलवार मुख्य प्रतिस्पर्धीका रुपमा छन् । कलवार ०७० को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित सांसदसमेत हुन् ।

यसैगरी पूर्व गृहराज्यमन्त्री एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्दराज कँडेल नवलपरासी (बर्दघाट सुस्ता) पश्चिम क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र नं २ बाट चुनावी मैदानमा छन् । सो निर्वाचन क्षेत्रमा पूर्वस्थानीय विकास राज्यमन्त्री एवम् माओवादी केन्द्रका नेता घनश्याम यादव मुख्य प्रतिस्पर्धीका रुपमा छन् ।

नवलपरासी जिल्ला दुई जिल्लामा विभाजनपछि बर्दघाट सुस्ता पश्चिम नवलपरासी र बर्दघाट सुस्ता पूर्व नवलपरासीमा गरी प्रतिनिधिसभाका लागि चारवटा निर्वाचन क्षेत्र रहेका छन् भने प्रदेशसभाका लागि आठ निर्वाचन क्षेत्र रहेका छन् ।

प्रदेश नं ४ र ५ नं प्रदेशमा विभाजित नवलपरासीका दुई जिल्लामा आसन्न प्रदेशसभा र प्रतिनिधिसभाका लागि कुल चार लाख २९ हजार ८९४ जना मतदाता रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा