३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

तामाकोशीको मुख्य सुरुङ निर्माण सम्पन्न

३ मंसिर २०७४, आईतवार ०८:००

मङ्सिर ३, काठमाडौँ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माण सम्पन्न भएको छ । 

ऊर्जा सचिव अनुपकुमार उपाध्याय र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतका उच्च अधिकारीको उपस्थितिमा आज बिहान मुख्य सुरुङ निर्माण कार्य सम्पन्न भएको हो । 

कूल ८.५ किलोमिटर लामो सुरुङ निर्माण सम्पन्न भएसँगै आयोजनाको भौतिक प्रगति ९२ प्रतिशत पुगेको छ । कूल ४५६ मेघावाट क्षमताको सो आयोजना आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 


आयोजनामा कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष र बीमा संस्थानको लगानी छ । मुख्य सुरुङ भैँसेदेखि गोगरडाँडासम्मको खण्डको खन्ने कार्य ‘ब्रेक थ्रु’ भएको आयोजनाका प्रमुख विज्ञानराज श्रेष्ठले जानकारी दिए । 

आयोजनाको अत्यन्त कठिन कार्यका रुपमा रहेको दुईवटा ठाडो सुरुङ खन्ने कार्य गत भदौ ३१ गते नै सम्पन्न भइसकेको छ । आयोजनाका अनुसार हाल ‘हेड वक्स’को ९० प्रतिशत र भूमिगत विद्युत्गृहको भौतिक निर्माण कार्य ९९ प्रतिशत सम्पन्न भएको छ । 

त्यस्तै हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकलअन्तर्गत उपकरण जडानको कार्य धमाधम भइरहेको श्रेष्ठले जानकारी दिए । यसैगरी गोगर–खिम्ती २२० केभी प्रसारण लाइन निर्माणमा पनि उल्लेख्य सफलता हासिल भएको छ । 

कूल १२७ टावरमध्ये हालसम्म ११८ वटा टावरको जग निर्माण सम्पन्न भएको छ । ९७ वटा टावरको जडान कार्य सम्पन्न भएको छ भने ७।५ किलोमिटर तार तान्ने कार्य सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ । 

२०७२ सालको ‘गोरखा भूकम्प’ले गर्दा मुख्य सुरुङ निर्माण कार्य डेढ वर्ष स्थगित भएको थियो । स्वदेशी लगानीमा निर्माण भइरहेको आयोजनाले मुलुकको आन्तरिक माग धान्नका लागि सहायक सिद्ध हुने आयोजनाको विश्वास छ । 

सुरुङ निर्माण कार्य सम्पन्न भएकामा खुशी व्यक्त गर्दै ऊर्जा सचिव उपाध्यायले लामो समयदेखिको नेपालीले अपेक्षा गर्दै आएको आयोजनाको सबैभन्दा अप्ठेरो कार्य सम्पन्न भएपछि आयोजना नयाँ गतिमा अगाडि बढ्ने विश्वास व्यक्त गरे । 

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले नेपालको जलविद्युत् इतिहासमा स्वदेशी लगानीमा नै यति ठूलो परियोजना निर्माण सम्पन्न हुने क्रममा पुग्नु सबै नेपालीका लागि खुशी र उत्साहको विषय भएको बताए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’