२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बाम गठबन्धनका कार्यकर्ता आफ्नै उम्मेद्वारप्रती रुष्ट, मान्छे मारेका र पालिका हरणको आरोप

३ मंसिर २०७४, आईतवार १२:०५

चिसाङ शेर्पा | मंसिर ३, खोटाङ | खोटाङको क्षेत्र नम्बर २ का अधिकांश भुभागमा बाम गठबन्धनभित्रकै कार्यकर्ता रुष्ट रहेका छन् । खाशगरी लोकतान्त्रिक गठबन्धनसंग प्रर्तिस्पर्धा गर्न चुनावी तालमेल गरेका बामभित्र आफ्नै गुटका स्थानीय नेता तथा कार्यकर्ता उम्मेद्वारसंग रुष्ट देखिन्छन् ।

आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा एक भएर लाग्नुपर्ने अवस्थामा बाम गठबन्धनका मतदाताहरु एकले अर्कालाई पोल लगाउन थालेका छन् । गठबन्धन गरेका एमाले र माओवादीका कार्यकर्ताहरु उम्मेद्वारप्रति नकरात्मक रुपमा वढी आक्रमक देखिन्छन् । क्षेत्र नम्बर २ वाट प्रदेशसभामा उठेका उम्मेद्वार राम कुमार राई पासाङ र प्रतिनिधिसभा उम्मेद्वार विशाल भट्टराईसंग थामखर्क विमानस्थलदेखी पालिका हरण र हर्क बहादुर राई हत्याजस्ता विषयमा स्थानीय कार्यकर्ताहरु रुष्ट बनेका छन् ।


प्रतिनिधिसभा उम्मेद्वार भट्टराईले भौगोलिक बनावट र निशुल्क जग्गा उपलब्ध हुंदासमेत जर्वजस्ती बल प्रयोग गरेर खोटेहाङ गाउपालिका केन्द्र सावाखोलापारी खोटाङवजारमा आफ्नो घर अगाडी लगेको आरोप छ । “त्यो वेला त एमाले कार्यकर्ताले नै भट्टराईको पुत्ला जलाएका थिए । ईन्द्रेणीपोखरीका एक शिक्षकले भने ‘२०४२ सालमा ईन्द्रेणीपोखरीडाडाँमा राखिने भनेको थामखर्क विमानस्थल उनका बडाबा प्रधानपञ्च श्रीप्रसाद भट्टराईले थामखर्क लगे, विमानस्थलका लागि समेत योग्य यहि जमिनमा पालिकाको केन्द्र नराखी फेरी पालिका खोशेका छन् । हामी के एमाले नै भए पनि त्यस्ता मान्छेलाई हामी भोट दिन्छौ त ? उनले थपे ।   

हामीले गाउपालिका माग्दा कारवाही हुने ज्यानमारालाई कारवाही नहुंने खोटेहाङ गाउपालिका ईन्द्रेणीपोखरी ६ का एक स्थानीय एमाले कार्यकर्ताले प्रदेशसभा उम्मेद्वारप्रति इंगित गर्दै आक्रोश पोखे । कटिबद्धरुपमा एमाले थिए, स्थानीय निर्वाचनमा दश हजार व्यक्तिगत खर्चमा भोट मागे उनले भने,“नौटंकी देखियो एमालेको, हामी नाम पनि उच्चारण गर्न चाहान्नौं, हामी लोकतान्त्रिक गठबन्धन जिताऔंमा रहेका छौ ।”

प्रतिनिधिसभा उम्मेद्वार भट्टराई, प्रदेशसभा उम्मेद्वार राईलाई खोटेहाङ गाउपालिकाका ईन्द्रेणीपोखरी, चिप्रिङ, सिमपानी र लिच्कीराम्चेमा उनकै कार्यकर्ताले भोट नलगाउने निश्चित छ । गत बुधवार बाम गठबन्धनले सिमापानी बजारमा गरेको चुनावी सभामा नै ४ वडाका एमाले कार्यकर्ताहरुको उपस्थिती शुन्य थियो ।


माओवादी पृष्ठभुमीवाट राजनीति शुरु गरेका प्रदेशसभा उम्मेद्वार पासाङलाई ज्यानमाराको आरोप तथा प्रतिनिधिसभा उम्मेद्वार तथा एमालेका निवर्तमान सभासद भट्टराईलाई गाउपालिका हरण गरेको ठूलो आरोप लिएर स्थानीयहरु आक्रोशित रहेका छन् । 

माथिको तश्विरमा: खोटेहाङ गाउपालिका केन्द्र राख्ने भनि टुंगो लागेको पुरानो जमिन देखाउदै ईन्द्रेणीपोखरीडाडाँमा एक स्थानीय । अहिले पालिका केन्द्र खोटाङवजारमा रहेको छ । तस्विर: चिसाङ शेर्पा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल