
काठमाडौँ | स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपियाँ र चाँदीको मूल्य ३५ रुपियाँले बढेको हो ।
मूल्यवृद्धिसँगै आज छापावाल सुन प्रतितोला दुई लाख ४२ हजार ८०० रुपियाँ र चाँदी प्रतितोला तीन हजार ७५ रुपियाँमा कारोबार भइरहेको छ । मङ्गलबार छापावाल सुन प्रतितोला दुई लाख ४१ हजार ४०० रुपियाँ र चाँदी तीन हजार ४० रुपियाँमा कारोबार भएको थियो ।