2026-11-26 09:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

चीन भ्रमणमा गएको रास्वपाको प्रतिनिधिमण्डल आज स्वदेश फर्किदै

2026-11-26

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डलले चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा गरेको चीन भ्रमण सम्पन्न गरेको छ । पार्टीका महामन्त्री विपिन आचार्यको नेतृत्वमा गएको प्रतिनिधिमण्डल नोभेम्बर १५ देखि २६ सम्म चीन भ्रमण गरी आज फर्कने भएको भ्रमणदलका सदस्य सांसद गणेश पराजुलीले जानकारी दिएका छन् ।

भ्रमणका क्रममा प्रतिनिधिमण्डलले छेन्दु, हाङझाउ र बेइजिङका विश्वविद्यालय, औद्योगिक तथा व्यापारिक क्षेत्र र सांस्कृतिक सम्पदास्थलको अवलोकन गरेको थियो। साथै वेनचुआनमा भूकम्पपछिको पुनर्निर्माण तथा विपद्पछि बस्ती र जनजीवन पुनःस्थापनाका प्रयासबारे जानकारी लिएको थियो । भ्रमणका क्रममा चिनियाँ कम्युनिस्ट पार्टीका वरिष्ठ नेता ली शुलेई र रास्वपा महामन्त्रीको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलबीच उच्चस्तरीय राजनीतिक संवाद भएको थियो ।

त्यस्तै, निजी क्षेत्रसँगको अन्तरक्रियामा नेपाली उत्पादनलाई चिनियाँ बजारमा पुर्‍याउने र नेपालमा चिनियाँ लगानी विस्तार गर्ने विषयमा छलफल भएको थियो। युवा सीप विकास, पर्यटन, उद्योग, ऊर्जा, पूर्वाधार र विपद् व्यवस्थापनका क्षेत्रमा सहकार्यका सम्भावनाबारे पनि चर्चा भएको थियो । भ्रमणबाट भएका छलफललाई सम्बन्धित सरकारी निकाय र निजी क्षेत्रसँगको सहकार्यमा ठोस परिणाममा पुर्‍याउन पहल गर्ने पराजुलीले उल्लेख गरेका छन् । भ्रमण दलमा रास्वपाका सांसदहरू गणेश पराजुली,हरि ढकाल, कविन्द्र बुर्लाकोटी,लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा,सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा,रमेशकुमार सापकोटा,डा. धनञ्जय रेग्मी,गजला शमिम मिकरानी,श्रीराम न्यौपाने, डा. राम लामा,पुनमकुमारी अग्रवाल,डा .आनन्दबहादुर चन्द,डा. सुजाता तामाङ,पुष्पाकुमारी चौधरी,अरविन्द शाह र रत्ना थापा सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनको भारत भ्रमणलाई सामान्य रूपमा लिनुपर्छ, ठूलो उपलब्धि देखिएन : प्रचण्ड प्रधानमन्त्रीको भ्रमणमा यसपालि केही पनि उपलब्धि भएन :केपी शर्मा ओली वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने चार जना पक्राउ नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक २६३५ विन्दुमा झर्‍यो फोहोर व्यवस्थापन राजनीतिक मुद्दाभन्दा ठूलो हो : ऊर्जामन्त्री श्रेष्ठ मोरङमा बालिकामाथि बलात्कार र कुटपिट, श्रीमान्–ससुरा पक्राउ सरकारलाई सहयोग पनि गर्छौँ, गलत कामको विरोध पनि : प्रदीप पौडेल चीन भ्रमणमा गएको रास्वपाको प्रतिनिधिमण्डल आज स्वदेश फर्किदै ठमेलको होटलबाट ५० लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ सुन र चाँदीको मूल्यमा वृद्धि, सुन प्रतितोला २ लाख ४२ हजार ८०० पुग्यो दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, ७ दिनभित्र अन्तिम सुनुवाइ हुने असमान सन्धि खारेज गर्छौँ, विदेशी ऋण लिँदैनौँ : हर्क साम्पाङ दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा बहस सकियो, आदेशको तयारी कांग्रेस महाधिवेशन तयारी समिति गठनको जिम्मा शशांक कोइरालालाई घोप्टेभीरमा पहिरो रोकथामको काम सक्न थप तीन दिन लाग्ने बुढीगण्डकी आयोजनामा बजेट अभाव हुन दिँदैनौँ : मन्त्री लम्साल निर्वाचन आयोगद्वारा कांग्रेसको नयाँ कार्यसमिति र विधान अद्यावधिक गोरखामा बस र ट्रक ठोक्किँदा १७ जना घाइते बालश्रम न्यूनीकरण गर्ने उद्देश्यका साथ कानुन बनाउन खोजिएको हो : श्रममन्त्री यादव एलपी ग्यास आपूर्ति सहज बनाउन आयल निगमको निर्देशन