2026-11-26 08:05 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारलाई सहयोग पनि गर्छौँ, गलत कामको विरोध पनि : प्रदीप पौडेल

2026-11-26

काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले निर्वाचनबाट बनेको वर्तमान सरकारले गर्ने राम्रा काममा कांग्रेसले सहयोग गर्ने तर लोकतन्त्र र विधिको शासनविरुद्ध गए सशक्त खबरदारी गर्ने बताएका छन् । नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति धादिङ –२ ले बिहीबार धादिङबेसीमा आयोजना गरेको कार्यक्रममा महामन्त्री पौडेलले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै पार्टीलाई बलियो र सङ्गठित बनाउनुपर्ने बताए ।

महामन्त्री पौडेलले विगतमा कसैको बहुमत नआउँदा अस्थिरता भएको र संसदीय लोकतान्त्रिक व्यवस्थाले स्थिरता दिन नसकेको भनी टिप्पणी हुने गरेको स्मरण गर्दै कांग्रेस पनि स्थिरताकै पक्षमा रहेको उल्लेख गरे । वर्तमान सरकार निर्वाचनमार्फत विधिबाट बनेको र झन्डै दुई तिहाइको समर्थन प्राप्त गरेको भन्दै उनले सरकारलाई शुभकामना र राम्रा काममा सहयोग रहने स्पष्ट पारे । यद्यपि, निर्वाचनमा एउटा कुरा बोलेर सरकारमा गइसकेपछि अर्को व्यवहार गर्न नपाइने उनको भनाइ थियो ।‘हाम्रा लागि को सरकारमा गयो भन्ने प्रधान कुरा होइन, हाम्रा लागि यो शासकीय स्वरूप, संसदीय व्यवस्था र लोकतान्त्रिक व्यवस्था सुरक्षित रहन्छ कि रहँदैन भन्ने मुख्य सरोकारको विषय हो,’ पौडेलले भने ।

कांग्रेस प्रश्न गर्नकै लागि जन्मिएको पार्टी भएको जिकिर गर्दै उनले विधि उल्लङ्घन हुँदासमेत चुप लागेर बस्न नसकिने बताए । सरकारले पछिल्ला चरणमा संसद्लाई उपेक्षा गरेको, नागरिकलाई अपमान गरेको र संसदीय व्यवस्थामाथि प्रहार गर्ने काम गरेको आरोप लगाउँदै उनले त्यस्ता प्रवृत्तिको निरन्तरता रोक्न कांग्रेसले आवाज उठाउने बताए । सरकारले विधि मिच्ने शृङ्खला निरन्तर राखेमा कांग्रेस जस्तोसुकै बलिदान गर्न पनि तयार हुनुपर्ने भन्दै उनले त्यसका लागि पार्टीलाई सङ्गठित, बलियो र सशक्त बनाउने अभियानमा लाग्न कार्यकर्तालाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनको भारत भ्रमणलाई सामान्य रूपमा लिनुपर्छ, ठूलो उपलब्धि देखिएन : प्रचण्ड प्रधानमन्त्रीको भ्रमणमा यसपालि केही पनि उपलब्धि भएन :केपी शर्मा ओली वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने चार जना पक्राउ नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक २६३५ विन्दुमा झर्‍यो फोहोर व्यवस्थापन राजनीतिक मुद्दाभन्दा ठूलो हो : ऊर्जामन्त्री श्रेष्ठ मोरङमा बालिकामाथि बलात्कार र कुटपिट, श्रीमान्–ससुरा पक्राउ सरकारलाई सहयोग पनि गर्छौँ, गलत कामको विरोध पनि : प्रदीप पौडेल चीन भ्रमणमा गएको रास्वपाको प्रतिनिधिमण्डल आज स्वदेश फर्किदै ठमेलको होटलबाट ५० लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ सुन र चाँदीको मूल्यमा वृद्धि, सुन प्रतितोला २ लाख ४२ हजार ८०० पुग्यो दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, ७ दिनभित्र अन्तिम सुनुवाइ हुने असमान सन्धि खारेज गर्छौँ, विदेशी ऋण लिँदैनौँ : हर्क साम्पाङ दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा बहस सकियो, आदेशको तयारी कांग्रेस महाधिवेशन तयारी समिति गठनको जिम्मा शशांक कोइरालालाई घोप्टेभीरमा पहिरो रोकथामको काम सक्न थप तीन दिन लाग्ने बुढीगण्डकी आयोजनामा बजेट अभाव हुन दिँदैनौँ : मन्त्री लम्साल निर्वाचन आयोगद्वारा कांग्रेसको नयाँ कार्यसमिति र विधान अद्यावधिक गोरखामा बस र ट्रक ठोक्किँदा १७ जना घाइते बालश्रम न्यूनीकरण गर्ने उद्देश्यका साथ कानुन बनाउन खोजिएको हो : श्रममन्त्री यादव एलपी ग्यास आपूर्ति सहज बनाउन आयल निगमको निर्देशन