2026-11-26 08:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मोरङमा बालिकामाथि बलात्कार र कुटपिट, श्रीमान्–ससुरा पक्राउ

2026-11-26

काठमाडौँ | मोरङको कानेपोखरीमा १४ वर्षीया बालिकामाथि भएको जबरजस्ती करणी र कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ। पक्राउ पर्नेमा पीडित बालिकाकै ससुरा र श्रीमान् छन्।

जिल्ला प्रहरी कार्यालय मोरङले मंसिर ९ गते एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाको विवरण सार्वजनिक गरेको हो। प्रहरीका अनुसार गत कात्तिक २९ गते राति कानेपोखरी गाउँपालिका–६ स्थित पीडितकै घरमा ५५ वर्षीय ससुरा जयराम दर्जीले १४ वर्षीया बुहारीमाथि जबरजस्ती करणी गरेका थिए। घटनाबारे सूचना प्राप्त हुनासाथ प्रहरीले दर्जीलाई तत्काल पक्राउ गरेको थियो। उनलाई मंसिर १ गते अदालतबाट म्याद थप गरी जबरजस्ती करणी कसुर मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ। सोही घटनालाई लिएर प्रतिवादी जयराम दर्जीका २३ वर्षीय छोरा (पीडितका श्रीमान्) ले आमासमेतलाई छेउमा राखी पीडित बालिकालाई सोधपुछ गर्दै कुटपिट गरेका थिए। उनले कुटपिट गरेको उक्त भिडियो आफ्नै सामाजिक सञ्जालमा अपलोड गरेपछि घटना बाहिरिएको हो।

सामाजिक सञ्जालमा भिडियो सम्प्रेषण भएपछि गम्भीर ध्यानाकर्षण भएको जनाउँदै प्रहरीले कुटपिट तथा भिडियो अपलोड गर्ने २३ वर्षीय युवालाई मंसिर ९ गते प,क्राउ गरेको छ। उनलाई इलाका प्रहरी कार्यालय पथरीबाट विद्युतीय अपराध सम्बन्धी कसुर र बालविवाह सम्बन्धी कसुरसमेतमा थप अनुसन्धान भइरहेको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनको भारत भ्रमणलाई सामान्य रूपमा लिनुपर्छ, ठूलो उपलब्धि देखिएन : प्रचण्ड प्रधानमन्त्रीको भ्रमणमा यसपालि केही पनि उपलब्धि भएन :केपी शर्मा ओली वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने चार जना पक्राउ नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक २६३५ विन्दुमा झर्‍यो फोहोर व्यवस्थापन राजनीतिक मुद्दाभन्दा ठूलो हो : ऊर्जामन्त्री श्रेष्ठ मोरङमा बालिकामाथि बलात्कार र कुटपिट, श्रीमान्–ससुरा पक्राउ सरकारलाई सहयोग पनि गर्छौँ, गलत कामको विरोध पनि : प्रदीप पौडेल चीन भ्रमणमा गएको रास्वपाको प्रतिनिधिमण्डल आज स्वदेश फर्किदै ठमेलको होटलबाट ५० लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ सुन र चाँदीको मूल्यमा वृद्धि, सुन प्रतितोला २ लाख ४२ हजार ८०० पुग्यो दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, ७ दिनभित्र अन्तिम सुनुवाइ हुने असमान सन्धि खारेज गर्छौँ, विदेशी ऋण लिँदैनौँ : हर्क साम्पाङ दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा बहस सकियो, आदेशको तयारी कांग्रेस महाधिवेशन तयारी समिति गठनको जिम्मा शशांक कोइरालालाई घोप्टेभीरमा पहिरो रोकथामको काम सक्न थप तीन दिन लाग्ने बुढीगण्डकी आयोजनामा बजेट अभाव हुन दिँदैनौँ : मन्त्री लम्साल निर्वाचन आयोगद्वारा कांग्रेसको नयाँ कार्यसमिति र विधान अद्यावधिक गोरखामा बस र ट्रक ठोक्किँदा १७ जना घाइते बालश्रम न्यूनीकरण गर्ने उद्देश्यका साथ कानुन बनाउन खोजिएको हो : श्रममन्त्री यादव एलपी ग्यास आपूर्ति सहज बनाउन आयल निगमको निर्देशन