2026-11-26 08:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फोहोर व्यवस्थापन राजनीतिक मुद्दाभन्दा ठूलो हो : ऊर्जामन्त्री श्रेष्ठ

2026-11-26

काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले फोहोर व्यवस्थापनको मुद्दा राजनीतिक मुद्दाभन्दा ठूलो रहेको बताएका छन् । बिहीबार टेकुस्थित बायो–मिथेनेसन प्लान्टको परीक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। फोहोरको मुद्दा समयमै व्यवस्थापन गरी नेपाललाई सफा बनाउने अभियानमा सबै लाग्नुपर्ने उनले बताए। महानगरपालिकाले अघि सारेका तीन कार्यक्रममध्ये काठमाडौँलाई रिचार्ज गर्ने र फोहोरबाट बायोग्यास निकाल्ने काम पूरा भएको उनले जानकारी दिए।

काठमाडौँको फोहोरबाट १४ किलोवाट विद्युत् उत्पादन हुने अनुमान गरिए पनि अहिले उपकरण बिग्रिएकाले केही समय सम्भव नरहेको उनले बताए। तर विद्युत् उत्पादनका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलाई उपकरण बनाउने काममा लाग्न निर्देशन दिइसकेको उनले जानकारी दिए। फोहोरबाट विद्युत् उत्पादन गर्न सकिन्छ भन्ने नजिर काठमाडौँ महानगरले देखाएपछि अन्य पालिकालाई पनि उत्पादन गर्न सहज हुने विश्वास उनले व्यक्त गरे। उनले भने, ‘फोहोरको मुद्दा अन्तरपुस्तालाई, काठमाडौँलाई, नेपाललाई एउटा जस्टिस गर्ने मुद्दा हो। यो सबैको साझा मुद्दा हो र राजनीतिकभन्दा पनि ठूलो मुद्दा हो।’ उनले थपे, ‘काठमाडौँलाई रिचार्ज गर्ने भन्ने एउटा मुद्दा हो। त्यो काठमाडौँ क्लाइमेट विकबाट सफलतातिर हामी गएका छौँ। सुरु भएको छ, सिँचाइ विभागलाई काठमाडौँ रिचार्जमा हामीले पनि हातेमालो गरेर जानुपर्छ। त्यसको प्रक्रिया पनि अघि बढिसकेको छ।’

उनका अनुसार बायोग्यास दोस्रो विषय थियो। उनले भने, ‘यसबाट १४ किलोवाट बत्ती निस्किन्छ भन्ने हामीले अनुमान गरेका थियौँ। बाढीले गर्दा त्यो उपकरण बिग्रिएको कारणले अहिले उत्पादन गर्न नसकिने भन्दा चसक्क भएको छ। एउटा नजिरको लागि भए पनि उत्पादन हुन्छ है भनेर देखाउन सकियो भने काठमाडौँ महानगरपालिका नेतृत्वदायी भएर अरूलाई पनि उक्त बाटोमा लैजान्छ भन्ने आशा थियो। यसबाट १४ किलोवाट बत्ती निस्कियो भने १२ नम्बर वडाको लागि आयस्रोत हुन्छ।’

मन्त्री श्रेष्ठले सिसडोलको फोहोरलाई अब दैनिक तीन हजार किलो हटाउने गरी काम सुरु गर्ने योजना बनाएको जानकारी दिए। महानगरले आगामी दिनमा एक किलो फोहोर पनि अन्यत्र लगेर फाल्न नपर्ने गरी काम गर्नुपर्ने उनले बताए। एलपिजी मुक्त स्थानीय सरकार भन्ने सरकारको उद्देश्यलाई यो कामले पूरा गर्ने उनले बताए। यसका लागि नीतिगत अस्पष्टता रहेको भए पनि आवश्यक छलफल र समन्वय गरेर अघि बढ्ने उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनको भारत भ्रमणलाई सामान्य रूपमा लिनुपर्छ, ठूलो उपलब्धि देखिएन : प्रचण्ड प्रधानमन्त्रीको भ्रमणमा यसपालि केही पनि उपलब्धि भएन :केपी शर्मा ओली वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने चार जना पक्राउ नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक २६३५ विन्दुमा झर्‍यो फोहोर व्यवस्थापन राजनीतिक मुद्दाभन्दा ठूलो हो : ऊर्जामन्त्री श्रेष्ठ मोरङमा बालिकामाथि बलात्कार र कुटपिट, श्रीमान्–ससुरा पक्राउ सरकारलाई सहयोग पनि गर्छौँ, गलत कामको विरोध पनि : प्रदीप पौडेल चीन भ्रमणमा गएको रास्वपाको प्रतिनिधिमण्डल आज स्वदेश फर्किदै ठमेलको होटलबाट ५० लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ सुन र चाँदीको मूल्यमा वृद्धि, सुन प्रतितोला २ लाख ४२ हजार ८०० पुग्यो दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, ७ दिनभित्र अन्तिम सुनुवाइ हुने असमान सन्धि खारेज गर्छौँ, विदेशी ऋण लिँदैनौँ : हर्क साम्पाङ दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा बहस सकियो, आदेशको तयारी कांग्रेस महाधिवेशन तयारी समिति गठनको जिम्मा शशांक कोइरालालाई घोप्टेभीरमा पहिरो रोकथामको काम सक्न थप तीन दिन लाग्ने बुढीगण्डकी आयोजनामा बजेट अभाव हुन दिँदैनौँ : मन्त्री लम्साल निर्वाचन आयोगद्वारा कांग्रेसको नयाँ कार्यसमिति र विधान अद्यावधिक गोरखामा बस र ट्रक ठोक्किँदा १७ जना घाइते बालश्रम न्यूनीकरण गर्ने उद्देश्यका साथ कानुन बनाउन खोजिएको हो : श्रममन्त्री यादव एलपी ग्यास आपूर्ति सहज बनाउन आयल निगमको निर्देशन