2026-11-26 06:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बालेनको भारत भ्रमणलाई सामान्य रूपमा लिनुपर्छ, ठूलो उपलब्धि देखिएन : प्रचण्ड

2026-11-26

काठमाडौँ | नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सामान्य र नियमित भ्रमणका रूपमा लिनुपर्ने बताएका छन्। बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले प्रधानमन्त्री शाहको भारत भ्रमणलाई कतिपयले ऐतिहासिक र विशेष उपलब्धिका रूपमा व्याख्या गरे पनि आफूले त्यस्तो कुनै ठूलो उपलब्धि नदेखेको बताए।

उनले प्रधानमन्त्री भारत जानु र भारतीय समकक्षीसँग भेटवार्ता गर्नु स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै भ्रमणलाई अनावश्यक रूपमा ठूलो विषय बनाउन नहुने बताए। ‘प्रधानमन्त्री भारत जानुपर्थ्यो, जानुभयो । मोदीजीसँग राम्रै अङ्कमाल गरेर आउनुभएको छ, त्यसलाई सकारात्मक रूपमै हेर्नुपर्छ,’ उनले भने, ‘एउटा विशिष्टता जस्तो कोही कोहीले भन्न खोजेका छन्– उत्पात भयो, इतिहास बन्यो, यो सही होइन।’

दाहालले आफू प्रधानमन्त्री हुँदा गरेको औपचारिक भारत भ्रमणका क्रममा उठाइएका विषयहरूमा समेत अहिलेको भ्रमणले उल्लेखनीय प्रगति गर्न नसकेको दाबी गरे। विशेषगरी हवाई रुट, विद्युत् व्यापार र सीमा समस्याका विषयमा त्यतिबेला गम्भीर छलफल भएको उनको भनाइ छ। आफ्नो भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र आफूले सीमा समस्या छिट्टै समाधान गर्ने सार्वजनिक प्रतिबद्धता जनाएको स्मरण गर्दै उनले अहिलेको भ्रमणमा त्यस्तो स्तरको छलफल र उपलब्धि नदेखिएको बताए। भैरहवाको हवाई रुट तथा नेपालगञ्ज र धनगढीका हवाई रुटसम्बन्धी विषय पनि पहिले नै उठिसकेको उल्लेख गर्दै दाहालले अहिले सैद्धान्तिक सहमतिभन्दा माथि ठोस उपलब्धि हासिल भएको आफूले नदेखेको स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेनको भारत भ्रमणलाई सामान्य रूपमा लिनुपर्छ, ठूलो उपलब्धि देखिएन : प्रचण्ड प्रधानमन्त्रीको भ्रमणमा यसपालि केही पनि उपलब्धि भएन :केपी शर्मा ओली वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने चार जना पक्राउ नेप्सेमा दोहोरो अंकको गिरावट, परिसूचक २६३५ विन्दुमा झर्‍यो फोहोर व्यवस्थापन राजनीतिक मुद्दाभन्दा ठूलो हो : ऊर्जामन्त्री श्रेष्ठ मोरङमा बालिकामाथि बलात्कार र कुटपिट, श्रीमान्–ससुरा पक्राउ सरकारलाई सहयोग पनि गर्छौँ, गलत कामको विरोध पनि : प्रदीप पौडेल चीन भ्रमणमा गएको रास्वपाको प्रतिनिधिमण्डल आज स्वदेश फर्किदै ठमेलको होटलबाट ५० लाख ५० हजार रुपैयाँसहित दुई जना पक्राउ सुन र चाँदीको मूल्यमा वृद्धि, सुन प्रतितोला २ लाख ४२ हजार ८०० पुग्यो दानबहादुर कार्कीको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, ७ दिनभित्र अन्तिम सुनुवाइ हुने असमान सन्धि खारेज गर्छौँ, विदेशी ऋण लिँदैनौँ : हर्क साम्पाङ दानबहादुर कार्कीको रिटमा सर्वोच्चमा बहस सकियो, आदेशको तयारी कांग्रेस महाधिवेशन तयारी समिति गठनको जिम्मा शशांक कोइरालालाई घोप्टेभीरमा पहिरो रोकथामको काम सक्न थप तीन दिन लाग्ने बुढीगण्डकी आयोजनामा बजेट अभाव हुन दिँदैनौँ : मन्त्री लम्साल निर्वाचन आयोगद्वारा कांग्रेसको नयाँ कार्यसमिति र विधान अद्यावधिक गोरखामा बस र ट्रक ठोक्किँदा १७ जना घाइते बालश्रम न्यूनीकरण गर्ने उद्देश्यका साथ कानुन बनाउन खोजिएको हो : श्रममन्त्री यादव एलपी ग्यास आपूर्ति सहज बनाउन आयल निगमको निर्देशन