2026-11-29 05:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नारायणगढ–मुग्लिन सडक दैनिक ५ घण्टा बन्द हुने, मंसिर १३ देखि लागू

2026-11-28

काठमाडौँ | नारायणगढ–मुग्लिन सडकको तुइनखोला सडक खण्डमा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले निर्माण कार्यलाई तीव्रता दिन तथा सम्भावित जोखिम न्यूनीकरण गर्न दैनिक पाँच घण्टा सवारी आवागमन रोक्ने निर्णय गरेको हो । जिप्रकाले जारी गरेको सूचनाअनुसार मंसिर १३ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म नारायणगढ–मुग्लिन सडक खण्डमा चल्ने सबै प्रकारका सवारीसाधनको आवागमन रोकिनेछ ।

विगतमा केही समय कार्यसूची भई स्थगित भएको नारायणगढ–मुग्लिन सडक आयोजनाको तुइनखोला खण्डमा पहिरो रोकथामका कामलाई अगाडि बढाउने क्रममा उत्पन्न हुन सक्ने जोखिमलाई मध्यनजर गरी यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ । सूचनामा उक्त अवधिमा सडक खण्डमा चल्ने सबै प्रकृतिका सवारीसाधनको आवागमन रोक लगाइने उल्लेख छ । यस निर्णयअनुसार काठमाडौं हुँदै मुग्लिन–आँबुखैरेनी भएर पोखरा जाने सवारीसाधनको आवागमन भने सुचारु रहने भएकाे छ ।

प्रशासनले यात्रु तथा सवारी चालकलाई समयअनुसार यात्रा व्यवस्थापन गर्न र वैकल्पिक मार्गको प्रयोग गर्न अनुरोध गरेको छ । सवारी आवागमन बन्द हुने समय तथा अन्य जानकारीका लागि जिल्ला प्रशासन कार्यालय चितवन, जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र, नेपाल प्रहरी तथा सडक डिभिजन भरतपुरसँग सम्पर्क गर्न सकिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारत भ्रमणमा सीमा विवादलाई प्राथमिकता नदिएको भन्दै कांग्रेसले माग्यो सरकारसँग जवाफ सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र दुर्व्यवहारको आरोपमा उपत्यकाबाट १२१ जना पक्राउ विवाह अरूलाई देखाउन होइन, एकअर्काका लागि हो : गृहमन्त्री गुरुङ झारफुकका नाममा १४ वर्षीया किशोरीमाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ कांग्रेसको नाम, झन्डा र रूख चिह्न दुरुपयोग गर्नेलाई कानुनी कारबाही गर्ने निर्णय खसीको मासु भन्दै बाख्रीको मासु बेच्न खोजेको आरोपमा टुकुचाबाट ८ जना पक्राउ गृहमन्त्री गुरुङद्वारा धरानस्थित बिपी प्रतिष्ठानको अनुगमन हामीलाई झोले होइन, खराने र घण्टे भन्न थाले : रवि लामिछाने प्रदीप पौडेलको आग्रह: पार्टी एकताबद्ध बनाउँदै जनताका मुद्दामा कांग्रेस अगाडि बढ्नुपर्छ कांग्रेस महाधिवेशन: देउवा समूहबाट महामन्त्रीमा मोहनबहादुर बस्नेतको उम्मेदवारी घोषणा रवि लामिछानेको प्रतिबद्धता: रास्वपालाई मत नदिए पनि कर्णालीको विकास गर्छौं नारायणगढ–मुग्लिन सडक दैनिक ५ घण्टा बन्द हुने, मंसिर १३ देखि लागू कांग्रेसले महाधिवेशनमार्फत पार्टीलाई एकताबद्ध बनाउन लाग्नुपर्छ : शशांक कोइराला पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने एक जना पक्राउ कांग्रेस निर्माण गर्नेहरू नै आधिकारिक कांग्रेस हुन् : प्रकाशशरण महत कांग्रेस नेपालको राजनीतिक विश्वविद्यालय हो, सबैले कांग्रेसबाटै सिक्ने हो : प्रदीप पौडेल कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनका लागि पाँच समिति गठन प्रधानमन्त्री बालेन राष्ट्रपति पौडेललाई भेट्न शीतल निवासमा नेपाल–भारत सीमा समस्या समाधानमा ‘ज्वाइन्ट भिजन डकुमेन्ट’ले मार्गनिर्देश गर्छ : परराष्ट्र मन्त्रालय फोहोर फ्याँकेजस्तो गरेर सुकुमबासी समस्या हल हुँदैन : बाबुराम भट्टराई