2026-11-29 12:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हामीलाई झोले होइन, खराने र घण्टे भन्न थाले : रवि लामिछाने

2026-11-28

काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीलाई ‘झोले युग’बाट बाहिर निकालेर ‘फाइलको युग’मा प्रवेश गराएको बताएका छन् । शनिबार सुर्खेतमा आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले अब पार्टीका कार्यक्रम, अधिवेशन तथा महाधिवेशनमा झोला वितरण नगर्न नेता–कार्यकर्तालाई आग्रह गरे । झोलाको सट्टा फाइल वा डायरी प्रयोग गर्ने अभ्यास सुरु गरिएको उनले बताए ।

राजनीतिक दलमा आबद्ध भएकै आधारमा कार्यकर्तालाई ‘झोले’ भनेर अपमान गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै लामिछानेले रास्वपाका कार्यकर्तालाई पनि पछिल्लो समय ‘खराने’ र ‘घण्टे’ जस्ता शब्द प्रयोग गरेर सम्बोधन गर्न थालिएको बताए । ‘अचेल रास्वपाका झोले पनि भन्न थालियो होला । हामीलाई भन्ने शब्द त अलि फरक छ फेरि– खराने, घण्टे,’ उनले भने, ‘कम्तीमा झोलेबाट त हामी बाहिर निस्केका छौँ ! झोलेबाट बाहिर निस्किए पनि त्यो झोलेभन्दा पनि नमिठो शब्द आयो फेरि अब हेर्नुस् !’

उनले पार्टीको विचार, सिद्धान्त, नेतृत्व र नीति मन पराएर राजनीतिमा लाग्ने व्यक्तिलाई विभिन्न शब्द प्रयोग गरेर होच्याउने गरिएको टिप्पणी गरे । प्रशिक्षण तथा पार्टीका अन्य कार्यक्रममा झोला वितरण गर्ने र कार्यकर्ताले त्यही झोला बोकेर हिँड्दा ‘झोले’ भन्ने भाष्यलाई थप बल पुग्ने आफूले ठानेको उनको भनाइ थियो । त्यसैले झोलाको विकल्पमा फाइल वा डायरी प्रयोग गर्ने निर्णय गरिएको उनले बताए । फाइल वा डायरीमा जनताका मुद्दा र गुनासा टिपोट गर्न सकिने उल्लेख गर्दै उनले सक्नेले आफैँ किन्ने र आर्थिक अवस्था कमजोर भएकालाई अरूले सहयोग गर्ने अभियान चलाउन आग्रह गरे । “आज सहभागीहरूलाई झोला नदिनुहोला । झोलाबाट फाइलमा प्रवेश गरौँ । कम्तीमा हामीले रास्वपालाई झोले युगबाट बाहिर निकालेका छौँ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारत भ्रमणमा सीमा विवादलाई प्राथमिकता नदिएको भन्दै कांग्रेसले माग्यो सरकारसँग जवाफ सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र दुर्व्यवहारको आरोपमा उपत्यकाबाट १२१ जना पक्राउ विवाह अरूलाई देखाउन होइन, एकअर्काका लागि हो : गृहमन्त्री गुरुङ झारफुकका नाममा १४ वर्षीया किशोरीमाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ कांग्रेसको नाम, झन्डा र रूख चिह्न दुरुपयोग गर्नेलाई कानुनी कारबाही गर्ने निर्णय खसीको मासु भन्दै बाख्रीको मासु बेच्न खोजेको आरोपमा टुकुचाबाट ८ जना पक्राउ गृहमन्त्री गुरुङद्वारा धरानस्थित बिपी प्रतिष्ठानको अनुगमन हामीलाई झोले होइन, खराने र घण्टे भन्न थाले : रवि लामिछाने प्रदीप पौडेलको आग्रह: पार्टी एकताबद्ध बनाउँदै जनताका मुद्दामा कांग्रेस अगाडि बढ्नुपर्छ कांग्रेस महाधिवेशन: देउवा समूहबाट महामन्त्रीमा मोहनबहादुर बस्नेतको उम्मेदवारी घोषणा रवि लामिछानेको प्रतिबद्धता: रास्वपालाई मत नदिए पनि कर्णालीको विकास गर्छौं नारायणगढ–मुग्लिन सडक दैनिक ५ घण्टा बन्द हुने, मंसिर १३ देखि लागू कांग्रेसले महाधिवेशनमार्फत पार्टीलाई एकताबद्ध बनाउन लाग्नुपर्छ : शशांक कोइराला पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने एक जना पक्राउ कांग्रेस निर्माण गर्नेहरू नै आधिकारिक कांग्रेस हुन् : प्रकाशशरण महत कांग्रेस नेपालको राजनीतिक विश्वविद्यालय हो, सबैले कांग्रेसबाटै सिक्ने हो : प्रदीप पौडेल कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनका लागि पाँच समिति गठन प्रधानमन्त्री बालेन राष्ट्रपति पौडेललाई भेट्न शीतल निवासमा नेपाल–भारत सीमा समस्या समाधानमा ‘ज्वाइन्ट भिजन डकुमेन्ट’ले मार्गनिर्देश गर्छ : परराष्ट्र मन्त्रालय फोहोर फ्याँकेजस्तो गरेर सुकुमबासी समस्या हल हुँदैन : बाबुराम भट्टराई