2026-11-28 06:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र दुर्व्यवहारको आरोपमा उपत्यकाबाट १२१ जना पक्राउ

2026-11-28

काठमाडौँ | सार्वजनिक यातायातमा यात्रुका सामान चोरी गर्ने, पाकेटमारी तथा लुटपाट गर्ने र महिलामाथि दुर्व्यवहार गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलासहित १२१ जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले शुक्रबार बिहान ५ बजेदेखि सञ्चालन गरेको ‘सुरक्षित यात्रा’ विशेष अभियानका क्रममा उनीहरूलाई पक्राउ गरेको हो।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सार्वजनिक यातायातमा यात्रा गर्ने यात्रुका नगद, मोबाइल फोन, गरगहना तथा व्यक्तिगत सामान चोरी हुने, पाकेटमारी र लुटपाट हुने तथा महिलामाथि दुर्व्यवहार र दुःख हैरानी दिने घटनाबारे प्राप्त जनगुनासोका आधारमा अभियान सञ्चालन गरिएको हो। पक्राउ पर्नेमा काठमाडौँका विभिन्न स्थानबाट एक महिलासहित १०१ जना, ललितपुरबाट ११ जना र भक्तपुरबाट नौ जना पुरुष रहेका छन्।

प्रहरीले काठमाडौँको बालाजु, नयाँबसपार्क, चाबहिल, गौशाला, कोटेश्वर, कलङ्की, कालिमाटी, स्वयम्भू, बल्खु, मालिगाउँ, थानकोट, रत्नपार्क र सुन्धाराबाट उनीहरूलाई पक्राउ गरेको जनाएको छ। त्यस्तै, ललितपुरको सानेपा, सातदोबाटो, इमाडोल, लगनखेल र पुल्चोक तथा भक्तपुरको ठिमी, लोकन्थली, बालकोट, कौशलटार र सल्लाघारीबाट पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भारत भ्रमणमा सीमा विवादलाई प्राथमिकता नदिएको भन्दै कांग्रेसले माग्यो सरकारसँग जवाफ सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र दुर्व्यवहारको आरोपमा उपत्यकाबाट १२१ जना पक्राउ विवाह अरूलाई देखाउन होइन, एकअर्काका लागि हो : गृहमन्त्री गुरुङ झारफुकका नाममा १४ वर्षीया किशोरीमाथि दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ कांग्रेसको नाम, झन्डा र रूख चिह्न दुरुपयोग गर्नेलाई कानुनी कारबाही गर्ने निर्णय खसीको मासु भन्दै बाख्रीको मासु बेच्न खोजेको आरोपमा टुकुचाबाट ८ जना पक्राउ गृहमन्त्री गुरुङद्वारा धरानस्थित बिपी प्रतिष्ठानको अनुगमन हामीलाई झोले होइन, खराने र घण्टे भन्न थाले : रवि लामिछाने प्रदीप पौडेलको आग्रह: पार्टी एकताबद्ध बनाउँदै जनताका मुद्दामा कांग्रेस अगाडि बढ्नुपर्छ कांग्रेस महाधिवेशन: देउवा समूहबाट महामन्त्रीमा मोहनबहादुर बस्नेतको उम्मेदवारी घोषणा रवि लामिछानेको प्रतिबद्धता: रास्वपालाई मत नदिए पनि कर्णालीको विकास गर्छौं नारायणगढ–मुग्लिन सडक दैनिक ५ घण्टा बन्द हुने, मंसिर १३ देखि लागू कांग्रेसले महाधिवेशनमार्फत पार्टीलाई एकताबद्ध बनाउन लाग्नुपर्छ : शशांक कोइराला पठाओको बहानामा यात्रुको सामान लिएर फरार हुने एक जना पक्राउ कांग्रेस निर्माण गर्नेहरू नै आधिकारिक कांग्रेस हुन् : प्रकाशशरण महत कांग्रेस नेपालको राजनीतिक विश्वविद्यालय हो, सबैले कांग्रेसबाटै सिक्ने हो : प्रदीप पौडेल कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशनका लागि पाँच समिति गठन प्रधानमन्त्री बालेन राष्ट्रपति पौडेललाई भेट्न शीतल निवासमा नेपाल–भारत सीमा समस्या समाधानमा ‘ज्वाइन्ट भिजन डकुमेन्ट’ले मार्गनिर्देश गर्छ : परराष्ट्र मन्त्रालय फोहोर फ्याँकेजस्तो गरेर सुकुमबासी समस्या हल हुँदैन : बाबुराम भट्टराई