पर्वत ।नेकपा एमाले पर्वतका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले बाम गठवन्धनका उम्मेदवारलाई आगामी निर्वाचनमा बिजयी गराएर जिल्लाको मुहार फेर्न आग्रह गर्नुभएको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।नेकपा एमाले पर्वतका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले बाम गठवन्धनका उम्मेदवारलाई आगामी निर्वाचनमा बिजयी गराएर जिल्लाको मुहार फेर्न आग्रह गर्नुभएको छ । 

2026-09-19 12:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बाम उम्मेदवारलाई जिताएर जिल्लाको मुहार फेरौं

पर्वत ।नेकपा एमाले पर्वतका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार पदम गिरीले बाम गठवन्धनका उम्मेदवारलाई आगामी निर्वाचनमा बिजयी गराएर जिल्लाको मुहार फेर्न आग्रह गर्नुभएको छ । 

विगतमा झण्डै दुई दशकसम्म सांसद हुँदापनि जिल्लाको विकास निर्माणमा माखो समेत मार्न नसक्नेलाई बिजयी गराएर कुनैपनि अर्थ नहुँने बताउँदै यसपटक बाम उम्मेदवारलाई बिजयी गराउन आग्रह गर्नुभयो । स्थानिय तहको परिणाम अनुसार बाम गठवन्धनले भारी मतान्तरले बिजयी भैसकेको बताउँदै फेरीपनि कुनै प्रलोभन र धाक धम्कीको भरमा आफ्नो मत खेर नहाल्न आग्रह गर्नुभयो । उहाँले क्षेत्र नं. २ मा चार वटै मत सुर्य चिन्हमा राखेर आफुहरुलाई बिजयी गराउन अपिल गर्नुभएको हो । आफु सँधैभरी जिल्लाको विकास र पर्वतवासी नागरिकको समृद्धिको पक्षमा रहेको बताउँदै गिरीले जिल्ला, स्थानिय तह र आफ्नो टोलको विकासका लागि पनि अब बामपन्थी उम्मेदवारलाईनै बिजयी गराउनुको विकल्प पर्वतवासी नागरिकमा नरहेको बताउनुभयो । 

सो अवसरमा प्रदेश सभा सदस्यका उम्मेदवार विकास लम्सालले आफुले अघिल्लो निर्वाचनमा पनि क्षेत्र नं. २ का वासीन्दाहरुको अतुलनिय मत र माया पाएको बताउँदै आफुले बाचा गरेका सवै कार्यक्रमहरुलाई पुर्णता दिन पनि यसपटक आफुलाई बिजयी गराउन अपिल गर्नुभयो । उहाँले आफ विगतमा सांसद हुँदा पनि क्षेत्र नं. २ मा विकासले तीब्र गति लिएको बताउँदै आगामी दिनमा पनि जनताहरुसँग निकट रहेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

कार्यक्रममा नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य गणेश शर्मा पौडेल, प्रदेश कमिटि सदस्य मोती पौडेलले पनि मुलुकमै अबको ५० वर्षसम्म बामपन्थीको सरकार रहने बताउँदै आफ्नो गाउँको समृद्धि र आम नागरिकको आर्थिक सामाजिक विकासका लागि बाम पन्थी उम्मेदरवारलाई बिजयी बनाउन आग्रह गर्नुभयो । 

उहाँहरुले काम गर्न सक्ने, जिल्लाको परिवेश बुझेका र नागरिकको हरेक सुृख दुखमा साथ दिने प्रतिनिधिसभाका सदस्य पदम गिरी र प्रदेश सभा सदस्यका उम्मेदवार विकास लम्साललाई सुर्य चिन्हमा भोट हालेर बिजयी गराउन आग्रह गर्नुभयो । कार्यक्रममा समानुपातीक उम्मेदवार जुना देवी नेपाली, रुक्मागत न्यौपाने, माओवादी नेता गगन थापा लगायतले बोल्नुभएको थियो । एमाले टकलाकका अध्यक्ष रविलाल सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत राजु न्यौपाने र संचालन जिवन विक्रम उच्चैले गर्नुभएको थियो । 

सो अवसरमा नेपाली काँग्रेस परित्याग गरी इश्वरी न्यौपाने, पवित्रा न्यौपाने लगायत ६ जना एमालेमा प्रवेश गरेका थिए । 

भुकताङ्लेमा बाम गठवन्धनका चार कोणसभा 

आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीमा जुटेको बाम गठवन्धन पर्वतले जिल्लाको मोदी गाउँपालिका १ भुकताङ्लेमा चुनावी सभा सम्पन्न गरेको छ । 

साविक भुकताङ्ले गाविसमा एकैदिन चार वटा कोण सभा गरेको हो । स्थानिय लप्सीबोट,  झिलिवराङ,  ताङले र मोहोरियामा कोण सभा सम्पन्न भएको एमाले पर्वतका उपसचिब गोविन्द पहाडिले     जानकारी दिनुभयो । 

सो अवसरमा बोल्दै प्रदेश सभा सदस्यका उम्मेदवार नेत्र अधिकारीले पर्वतमा बाम गठवन्धनसँग कसैको प्रतिस्पर्धा नरहेको बताउनुभयो । उहाँले विकास निर्माण र आम पर्वतवासी नागरिकहरुको भावना बुझ्न सक्ने बाम उम्मेदवारलाई बिजयी गराउन आग्रह गनुृभयो । 

कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य बिजय गुरुङ्गले मुलुकमा स्थायि सरकार निर्माण र अग्रगामी विकासका लागि बाम गठवन्धनको विकल्प नरहेको बताउनुभयो । उहाँले यसपटक बाम गठवन्धनको दुई तिहाई सहित सरकार बनेमा नेपाली जनता कहिल्यैपनि दुःख कष्टमा बस्नु नपर्ने बताउँदै बाम एकताबाट मात्रै मुलुकको समृद्धि हुने देखेर दुई शिर्ष दल एमाले र माओवादी एकजुट भएको बताउनुभयो । 

कार्यक्रममा अर्का समानुपातिक उम्मेदवार मनरुपा शर्मा, माओवादीका केन्द्रिय सदस्य गुप्त हमाले पर्वतका उपसचिब गोविन्द पहाडि लगायतले बोल्नुभएको थियो । चार वटै स्थानमा भएका कोणसभामा स्थानियवासीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो