१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एम्बुलेन्स र स्कुटर एक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु

४ मंसिर २०७४, सोमबार ०३:२६

मङ्सिर ४, इटहरी । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका–४ को हलगडास्थित इटहरी धरान सडकखण्डमा गए राति पौने ११ बजेतिर एम्बुलेन्स र स्कुटर एक आपसमा जुधेर भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । 

इटहरीबाट उत्तरतिर जाँदै गरेको को२२प ४६७ नंको स्कुटर र धरानबाट इटहरीतिर आउँदै गरेको को१च ७००९ नंको एम्बुलेन्स एक आपसमा जुध्दा स्कुटरमा यात्रारत तीनजना गम्भीर घाइते भएको तथा उनीहरुको उपचारका लागि धरान लैजाने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । 

सवारी दुर्घटनामा परेर मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–२ निवासी ४५ वर्षीय डुकबहादुर कार्की, पाल्पाको भैरवस्थान ऋद्धि गाउँपालिका निवासी ४० वर्षीय निर्माण गौतम र ४१ वर्षीया सरिता काफ्लेको मृत्यु भएको पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले आज बिहान जानकारी दिएको छ । 

स्कुटरलाई ठक्कर दिने एम्बुलेन्स र त्यसका चालक सुनिल खड्कालाई कार्वाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको तथा मृत्यु भएका तीनै जनाको शवपरीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न