2026-09-19 12:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखरा-बागलुङ सडकको सीमा ३० मिटर कायम

मङ्सिर ४, फलेवास । पोखरा–बागलुङ राजमार्गको चौडाइ फेरी ३० मिटर कायम गरिएको छ । 

निर्माणाधीन मध्यपहाडी लोकमार्गको मापदण्डअनुसार गत वर्ष दोब्बर बनाइए पनि फेरि यस वर्ष संशोधन गरिएको हो । सडकको मध्य भागबाट ३०÷३० मिटर दायाँ बायाँ चौडा बनाउने मापदण्ड तोकिएकामा संशोधन गरी १५÷१५ मिटर कायम गरिएको छ । 

सडक सीमा ६० मिटर बनाउँदा सदरमुकाम कुश्माबजार, कास्कीको नयाँपुल, डिमुवा बजार, पर्वतकै मालढुंगा, पुरानोजार, अर्मादी, छमर्केलगायतका ठाउँका बासिन्दा मारमा पर्ने भएपछि जिल्ला सडक डिभिजन कार्यालयले पुरानै मापदण्ड तोकेर कुश्मा नगरपालिकालाई परिपत्र गरेको छ । 

विसं २०४७ मा उक्त सडक निर्माण गर्ने क्रममा राजपत्रमा सडकको बीचबाट १५/१५ मिटर दायाँ बायाँ भनेर सीमा तोकिएको थियो तर गत वर्ष मध्यपहाडी लोकमार्ग यही सडक हुँदै आउने भएकाले पोखराको याम्दीदेखि बागलुङसम्मको सडक ६० मिटर फराकिलो बनाउने नयाँ मापदण्ड ल्याइएपछि प्रभावित क्षेत्रका बासिन्दा आन्दोलित थिए । 

आन्दोलनरत संघर्ष समितिले पटक पटक सम्बन्धित मन्त्रालयसम्म पुगेर पुरानै सीमा कायम गर्न माग गरेपछि कात्तिक २६ गते उक्त कार्यलयमार्फत पुरानै मापदण्ड (बीच सडकबाट १५÷१५ मिटर) कायम गरिएको भन्दै पत्र आएको संघर्ष समितिका अध्यक्ष मानकुमारी गिरीले जानकारी दिनुभयो । 

उहाँका अनुसार नयाँ मापदण्डका कारण समस्यामा परेका सडक आसपासका जग्गा धनीहरूलाई राहत मिलेको छ । विगत एक वर्षदेखि मापदण्डले जग्गाको खरिद बिक्रीलगायतका कारोबार गर्न नपाएका जग्गा धनीहरू खुशी भएको र यसै महिनादेखि पुरानै दररेटअनुसार कारोबार गर्न सकिने अध्यक्ष गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार एक्कासि लाभग्राहीसँग परामर्श नगरी तोकिएको मापदण्डका कारण कैयाँै परिवार विस्थापित भएका थिए । 

नयाँ मापदण्ड आएसँगै गत वर्ष पोखरास्थित पश्चिमाञ्चल डिभिजन सडक कार्यालयले सूचना प्रकाशित गरी सडकको केन्द्र रेखादेखि १५–१५ मिटरको दूरीमा रहेका घरटहरालगायतका संरचना हटाएको थियो । 

पोखरा बागलुङ राजमार्ग पुष्पलाल राजमार्गको एक खण्ड हो । मुस्ताङसम्म यातायात नियमित सञ्चालन हुन थालेपछि यो राजमार्गमा पछिल्ला दिनमा सवारी साधनको चापसमेत बढ्दै गएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो