२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापाका उम्मेदवारको यस्तो छ साझा प्रतिबद्धता

४ मंसिर २०७४, सोमबार ०८:३८

मंसिर ४, भद्रपुर । झापामा सामाजिक कार्यमा क्रियाशील रहदै आएको संवाद समूहले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाएको छ । 

समूहले निर्वाचनलाई मर्यादित, भयरहित एवं विश्वसनीय बनाउन र जनताप्रति उम्मेदवारले गर्न चाहेका विकासका कार्ययोजनामा केन्द्रित भएर उहाँहरुबाट एकै स्थानमा प्रतिबद्धता लिने र त्यसलाई सार्वजनिक समेत गरिरहेको छ । 

सामूहिक प्रतिबद्धतामा निर्वाचनमा आफ्ना गतिविधिलाई शान्तिपूर्ण र मर्यादित बनाउने, विकासका कार्यलाई तीव्रता दिने, मुलुकलाई समृद्ध बनाउने, गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको सुनिश्चिता, कृषि क्षेत्रको क्रान्ति, पर्यटनको प्रचुर विकास गर्ने रहेका छन् 

यसैगरी विद्युत् उत्पादन एवं विस्तारमा गर्ने आफ्नो निर्वाचन क्षेत्रमा हरियाली बनाउने, रोजगारीको सिर्जना, सामाजिक सुरक्षा भत्ता वृद्धि, नदी नियन्त्रण, सबै धार्मिक समुदायबीच एकता आफ्नो कार्ययोजनामा सबै उम्मेदवारले प्रतिवद्धता जनाएका छन् । 

यसरी प्रतिवद्धता जनाउनेमा झापा क्षेत्र २ का प्रतिनिधिसभा सदस्य पदका लोकतान्त्रिक गठबन्धनका नेपाली काँग्रेसका उम्मेदवार उद्धव थापा, वाम गठबन्धनका नेकपा (एमाले)का पवित्रा निरौला खरेल, नयाँशक्ति पार्टीका भक्तबहादुर बुढाथोकी, राष्ट्रिय जनता पार्टीका महावीर राई, देशभक्त जन गणतान्त्रिक मोर्चाका होमचन्द्र घिमिरे, राष्ट्रिय जनमुक्ति पार्टीका पर्शुराम मगर र संघीय लोकतान्त्रिक मञ्चका मानबहादुर सावाले हस्ताक्षर गरेका छन् । 

त्यस्तै क्षेत्र नं २ प्रदेशसभा १ बाट वाम गठबन्धनबाट एमालेका उम्मेदवार एकराज कार्की, प्रदेशसभा २ बाट नेकाका खड्गप्रसाद प्रसाईं, एमालेका वृखबहादुर प्रधान र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका नगेन्द्र राईले समेत साझा प्रतिबद्धतामा हस्ताक्षर गरेका छन् । 

छलफल कार्यक्रमको सहजीकरण अधिवक्ता खगेन्द्र खरेल र नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरीले गर्नुभएको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’