२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीका मतदाता भन्छन- द्वन्द्वको घाउ मेटाउनेलाई भोट दिन्छौ

२०७४, ४ मंसिर सोमबार ११:११

मंसिर ४, बैतडी । मंसिर १० र २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिक आएका बेला यहाँका मतदाताले द्वन्द्व प्रभावितको घाउ मेटाउनेलाई भोट दिने बताएका छन् । 

सशस्त्र द्वन्द्वका बेला बढी प्रभावित भएको पुर्चाैडी नगरपालिकाका मतदाताले आगामी चुनावमा द्वन्द्वका घाउ मेटाउने उम्मेदवारलाई भोट दिने बताएका हुन् । 

विगतको द्वन्द्वमा धेरैले आफ्ना आफन्त गुमाएकाले यस चुनावले विगतका घाउ मेटाउन सहयोग गर्ने पुर्चाैडी नगरपालिका हाटका डम्मरबहादुर कुँवरले बताउनुभयो । उहाँले द्वन्द्वका घाउसँगै विकास गर्न सक्ने उम्मेदवारलाई भोट दिने बताउनुभयो । 

“द्वन्द्वले चर्केका घाउमा मलम लगाउन सक्ने नेतालाई भोट दिन्छौँ,” पुरचौडी नगरपालिका कोटिलाका अम्बादत्त अवस्थीले भन्नुभयो । राजनीतिक परिवर्तनका नाममा धेरैले समस्या भोग्नुपरेकाले राजनीतिक समस्याको स्थायी समाधान खोजेको उहाँको भनाइ थियो । 

“दुर्गम क्षेत्रका द्वन्द्वपीडितका लागि आयआर्जनका कार्यक्रम सञ्चालन गर्नुपर्छ,” उहाँले भन्नुभयो । 

द्वन्द्वपीडित अब पहिलाको जस्तो द्वन्द्व नहोस् भन्ने मनसायमा रहेकाले शान्ति र स्थिरताका लागि विकासप्रेमी उम्मेदवारलाई भोट दिने पुरचौडी नगरपालिकाका रणबहादुर भण्डारी बताउनुहुन्छ । द्वन्द्वबाट पुर्चाैडी सबैभन्दा बढी प्रभावित भएकाले यहाँको समग्र विकासका लागि सबैले पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

बैंक पुनःस्थापनाको माग 

निर्वाचनको मिति नजिकिँदै गर्दा पुर्चौडी नगरपालिकाका मतदाताले उम्मेदवारसमक्ष बैंक स्थापनाको माग गरेका छन् । बैंक पुनःस्थापना नहुँदा सास्ती भोग्नुपरेको भन्दै उहाँहरुले बैंकको सुविधा हुनुपर्ने माग गरेका हुन् । 

पुर्चौडी क्षेत्रमा लोकतान्त्रिक र वाम गठबन्धनले चुनावी सभालाई निरन्तरता दिएको छ । सबै दलका नेता तथा उम्मेदवारसँग आफूहरुले बैंक पुनःस्थापना हुनुपर्ने साझा माग राखेको पुर्चौडी नगरपालिका हाटका वसन्तराज जोशीले बताउनुभयो । चुनावपछि विगतमा उम्मेदवारले फर्केर पनि नहेरेको स्थानीयवासीको गुनासो छ । 

बैतडीमा पहिलो चरणअन्तर्गत यही मंसिर १० गते निर्वाचन हुँदैछ । प्रतिनिधिसभाका लागि एउटा तथा प्रदेशसभा सदस्यका लागि दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा १२ जना चुनावी प्रतिस्पर्धामा रहेका छन् । 

लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि काँग्रेस नेता तथा वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द तथा प्रदेशसभा सदस्यका प्रदेश‘क’ मा काँग्रेसका हरिमोहन भण्डारी र ‘ख’ मा राप्रपाका गणेश चन्द चुनावी मैदानमा उत्रिएका छन् । 

वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका लागि एमालेका नेता एवं पूर्व अर्थराज्यमन्त्री दामोदर भण्डारी तथा प्रदेश ‘क’ बाट माओवादी केन्द्रका प्रेमप्रकाश भट्ट र ‘ख’ बाट एमालेका लीलाधर भट्ट उम्मेदवार रहनुभएको छ । 

प्रतिनिधिसभातर्फ विवेकशील साझाबाट नारायणदत्त अवस्थी, एकीकृत राप्रपा राष्ट्रवादीबाट त्रिलोकबहादुर चन्द र राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रसिंह भण्डारी चुनावी मैदानमा हुनुहुन्छ । प्रदेश ‘क’मा राष्ट्रिय जनसमाजवादी पार्टीबाट भगीरथसिंह कुँवर, राष्ट्रिय जनमोर्चाबाट अर्जुनसिंह मडै र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट दिलीपराज पाण्डे उम्मेदवार हुनुहुन्छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी