४ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पोखराको एक वृद्धाश्रममा बाउन्न लाखको अक्षयकोष स्थापना

४ मंसिर २०७४, सोमबार ११:२३

मङ्सिर ४, पोखरा । पोखरा लेखनाथ महानगरपालिका– १७ सीतापाइलामा रहेको पोखरा वृद्धाश्रममा रु ५२ लाख ५८ हजारको अक्षयकोष स्थापना गरिएको छ । 

वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई खान, बस्न, स्वास्थ्य उपचार, वर्षको एकचोटी देशका विभिन्न ठाउँको भ्रमण गराउने उद्देश्यले विभिन्न महानुभावले सो अक्षयकोष स्थापना गर्न सहयोग गर्नुभएको पोखरा वृद्धाश्रम सञ्चालक समितिका अध्यक्ष टीकाबहादुर भण्डारीले जानकारी दिनुभयो । 

छोराछोरीबाट अपहेलित, आफन्त कोही नभएका बेसहारा र तिरस्कृत १६ जिल्लाका ५६ वृद्धवृद्धा सो वृद्धाश्रममा बसोबास गर्दै आएका छन् । वृद्धाश्रममा ६० वर्षदेखि १०० वर्षसम्मका ३१ महिला र २५ पुरुष रहेका छन् । 

सो वृद्धाश्रमलाई महानगरपालिका–३३ भरतपोखरीकी रमादेवी पौडेलले रु २५ लाख, पोखरा गैरापाटन घर भई काठमाडौँ बस्दै आउनुभएका किशोर पराजुलीले रु तीन लाख, गुल्मी घर भई रामघाट बस्दै आउनुभएका चेतबहादुर गुरुङलले रु एक लाख सहयोग गर्नुभएको छ । 

अक्षयकोषलाई बढाएर रु एक करोडसम्म पु¥याउने लक्ष्य रहेको अध्यक्ष भण्डारीले बताउनुभयो ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भक्तपुरस्थित निवासबाट पक्राउ परे दुर्गा प्रसाईं प्रधानमन्त्री ओली र सभापति देउवाबीच आजपनि छलफल हुँदै रुकुमपश्चिममा चिर्पट प्रहार गरेर श्रीमतीले गरिन् श्रीमानको ह-त्या अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा जनकपुर बोल्टस्ले गरे आधिकारिक जर्सी सार्वजनिक युक्रेनलाई रुसविरुद्धलामो दूरीको क्षेप्यास्त्रप्रयोग गर्न बाइडेनको स्वीकृतिसँगै विश्वभर तरंग एक हजार एक सय रूपैयाँले बढ्यो सुनको मूल्य राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै आशिषलाई प्रश्न : ‘पूर्ण वहादुरको सारङ्गी’ कि ‘रैया चाँदीको’ हिट ? उप–निर्वाचनःउमेदवारको नामावली आज प्रकाशन हुने युइएफए नेसन्स लिग : क्रोएशिया र पोर्चुगल क्वाटरफाइनलमा माओवादी पदाधिकारी बैठक आज बस्दै एनपिएलको खेल तालिका सार्वजनिक पृथ्वीराजमार्ग अन्तर्गत त्रिशूलीमा खस्यो ट्रक ! मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ? आजको मौसमःकेही भूभागमा वर्षाको सम्भावना देशभर चिसो बढ्दो, जुम्लामा तापक्रम झन्डै -४°C मा झर्‍यो राष्ट्रिय कृषि कम्पनीमा १६१ जनाभन्दा बढी कर्मचारी माग(सुचनासहित) कर प्रणालीलाई लगानीमैत्री बनाउनुपर्नेमा चेम्बरको जोड रोमानिया पठाइदिन्छु भनि ठगी गर्ने व्यक्ति पक्राउ