१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धौलागिरिवासीको दुःख-भोट हाल्न बास बस्न जानुपर्ने बाध्यता

४ मंसिर २०७४, सोमबार १२:३९

मंसिर ४, म्याग्दी । म्याग्दीको एक गाउँका वासिन्दा मतदान गर्न छिमेकी गाउँमा बास बस्न जानुपर्ने समस्या रहेको छ ।

प्रदेश (ख) अन्तर्गत पर्ने धौलागिरि गाउँपालिका–४ को सिम्कोश, बगर र नाउराका बासिन्दा मतदानको अघिल्लो दिनमै छिमेकी गाउँमा बास बस्न जाने गरेका छन् । म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने बगरमा ३४, सिम्कोश र नाउरामा १०/१० घरपरिवार बसोबास गर्छन् ।

त्यहाँका बासिन्दाको मतदान केन्द्र चन्द्रज्योति मावि खिवाङमा तोकिएको छ । मतदानकै दिन हिँडेर पुग्न नसकिने भएकाले अघिल्लो दिनै खिवाङ गएर बास बस्ने गरेको बगरका बासिन्दा चित्रबहादुर तिलिजाले बताए ।

बगर गाउँबाट हिँडेर खिवाङ पुग्न आठ घण्टा लाग्ने गरेको छ । तीन वटा गाउँमा करीब २०० जना मतदाता छन् । केन्द्र टाढा भएकाले ज्येष्ठ नागरिक र अशक्त मतदान गर्नबाट बञ्चित हुने गरेका तिलिजाले बताए ।

विकट भएकाले उम्मेदवारसमेत गाउँमा भोट माग्न पुग्दैनन् । उम्मेदवारलाई नदेखिकन मतदान गर्नुपरेको स्थानीयवासी नरप्रसाद पुनले बताए । स्थानीय तह बाहेकका कुनै पनि संसदीय चुनावमा उम्मेदवार गाउँमा नआएको उनले गुनासो गरे ।

उम्मेदवारको एजेण्डा सुन्न, आफ्ना समस्या व्यक्त गर्ने अवसर नपाएकामा त्यहाँका बासिन्दा दुःखी छन् । एफएम रेडियो सुनेर, टिभीको समाचार हेरेर र गाउँका अगुवाले गर्ने निर्देशनको भरमा मतदान गर्न उनीहरु बाध्य छन् ।

पर्यटन, जडीबुटी र पशुपालनका हिसाबले प्रशस्त सम्भावना भएर पनि भौगोलिक विकटता र पूर्वाधारको विकास नहुँदा बगर गाउँपछि परेको छ । यो गाउँ धौलागिरि हिमाल आरोहणका लागि जाने धौलागिरि चक्रीय पदमार्गको अन्तिम बस्ती हो ।

वस्तीसम्म पुग्ने व्यवस्थित पदमार्ग, सञ्चार, खानेपानी, झोलुङ्गे पुल र विद्युत्को समस्या रहेको छ । स्वास्थ्य संस्था टाढा भएकाले आधारभूत उपचार सेवाबाट यहाँका बासिन्दा बञ्चित छन् । स्थानीयवासीले आर्थिक संकलन गरेर कक्षा ५ सम्मको पठनपाठन हुने विद्यालय सञ्चालन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु