२७ मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा विप्लबका कार्यकर्ता खोज्दै प्रहरी, दुई जना गिरफ्तार

४ मंसिर २०७४, सोमबार १५:२१

सम्राट सिंह/मङ्सिर ४, बझाङ । देशका विभिन्न ठांउमा उम्मेदवार लक्षित आक्रमणका घटनाहरु बढेसँगै बझाङ प्रहरीले पनि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताको खोजी कार्य तिव्र पारेको छ । 

प्रहरीले बझाङमा रहेका विप्लवका नेता कार्यकर्ताका घर तथा डेरामा खानतलासी समेत गरेको छ । यसै क्रममा वित्थड चिर गांउपालिकाका एक जना विप्लव समर्थक कार्यकर्ता हरिदत्त अवस्थीलाई गिरफ्तार समेत गरेको छ । दुइ दिन अघि बझाङ प्रहरीले चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कमिटी सदस्य जोग कठायतलाई गिरफ्तार गरी हिरासतमा राखेको छ । 

सोमबार विहान र दिउसो जिल्लाभर पहिचान भएका विप्लवका कार्यकर्ताको घर र डेरामा खानतलासी गरे पनि कसैलाई पक्राउ गर्न सकेन । प्रहरीले नेकपाका केन्द्रिय सदस्य एवं पुर्व सभासद शंकर खड्का, केन्द्रिय जनपरिषद सल्लाहकार सदस्य धनबहादुर मल्ल, जिल्ला जनपरिषद बझाङका अध्यक्ष चन्द्रजंगबहादुर सिंह, अनेरास्ववियुका पुर्व केन्द्रिय सचिवालय सदस्य भरत मल्लको घरमा पनि खानतलासी गरेको थियो । 

प्रहरी आउनु पुर्व नै सुचना पाएकाले उनिहरु भागिसकेका कारण गिरफ्तार गर्न नसकिएको प्रहरी श्रोतले बताएको छ । विना कुनै अपराध प्रहरीले धरपकड सुरु गरेको भन्दै नेकपाका नेता कार्यकर्ताहरुले आक्रोस पोखेका छन । ‘बझाङमा न कुनै घटना भएको छ न हाम्रो त्यस्तो केही योजना छ ’ जिल्ला जनपरिषद अध्यक्ष चन्द्रजंगबहादुर सिंहले भने ‘राज्यले हतास मानसिकताका साथ हामी माथी दमन गरिरहेको छ’

यस्तै विद्यार्थी नेता भरत मल्लले पनि राज्यले विनाकारण दमन गरे आफुहरु प्रतिकारमा उत्रिन बाध्य हुने बताएका छन । उनले भने ‘घर भित्र पसेर विना कारण प्रहरीले ज्यादती सुरु गरेको छ । यस्तो हर्कत जारी रहे हामी प्रतिकार गर्न बाध्य हुनेछौ’ 

यता प्रहरी नायब उपरिक्षक क्रृषिराम कंडेलले केन्द्रिय निर्देशन बमोजिम नै विप्लव कार्यकर्ताको खोजी प्रहरीले गरी रहेको बताए । ‘निर्वाचनमा सुरक्षा खतरा देखिएका कारण हामीले जिल्ला भर खोजी अभियान सुरु गरेका छौ । यो केन्द्रको निर्देशन अनुसार गरिएको कारवाही हो’


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु