१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धादिङको गजुरीमा ३३ जनाको मृत्यु हुने गरी भएको बस दुर्घटनाको कारण खुल्यो

५ मंसिर २०७४, मंगलवार ०२:५५

मङ्सिर ५, काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिले केही दिनअघि ३३ जनाको ज्यान जाने गरी धादिङको गजुरीमा भएको बस दुर्घटनामा अत्यधिक गति, चालकको तनाव र साँघुरो सडक कारक रहेको औंल्याएको छ ।

कात्तिक ११ मा राजविराजबाट काठमाडांै आइरहेको बस गजुरीमा दुर्घटना हुँदा ३३ जनाको मृत्यु भएपछि सरकारले गृह मन्त्रालयका सहसचिव डा. मानबहादुर विकको संयोजकत्वमा छानबिन समिति बनाएको थियो। समितिले दुर्घटनाको कारण औंल्याउँदै विभिन्न सुझावसहित प्रतिवेदन बुझाएको छ।

समिति सदस्य एवं गृह मन्त्रालयका उपसचिव शरदकुमार पोखरेलले आफूहरूले दुर्घटनाको कारण औंल्याउँदै दुर्घटना हुन नदिने उपाय र सुझावसहित सरकारलाई प्रतिवेदन बुझाएको जानकारी दिए। 

पोखरेलका अनुसार छानबिन टोलीले राजविराज, हेटौ‌डा, चितवन, पथलैयालगायत क्षेत्रको समेत निरीक्षण गर्नुका साथै दुर्घटनाका घाइते, सरोकारवाला, यातायात व्यवसायी, ट्राफिक प्रहरी, स्थानीय बासिन्दा, यातायात मजदुरसँग छलफल गरेर प्रतिवेदन तयार पारेको हो।

‘गाडीको तीव्र गति, चालकको तनाव र बाटोमा आवश्यक ट्राफिक चिह्न नभएकाले दुर्घटना भएको निष्कर्ष निकालेका छौ', समिति सदस्य पोखरेलले भने। उनका अनुसार बाटो साँघुरो रहेको र बाटोमा कुनै पनि किसिमको ट्राफिक चिह्न नरहेकाले दुर्घटना भएको पाइएको छ।

काठमाडौंबाट हेटौंडा जाँदा र पुनः हेटौंडाबाट काठमाडौं फर्कनुपर्दा चालकले अत्यधिक तनाव महसुस गरेको गाडीका घाइते यात्रुले बताएको पोखरेलले जनाए। गाडी चालक सन्तोष चौधरी बेपत्ता छन्। 

छानबिन समितिले बिग्रिएको बाटो मर्मत गर्न नसक्ने सडक विभाग र घुमाउरो बाटोमा ट्राफिक चिह्न राख्न नसक्ने ट्राफिक प्रहरीलाई पनि दुर्घटनाको सहायक कारण औंल्याएको छ।

छानबिन समितिले आगामी दिनमा धादिङलगायत मुलुकका अन्य अप्ठ्यारो र भिरालो बाटोमा आवश्यकताअनुसार ट्राफिक चिह्न राख्नुपर्ने, चालकका लागि बीच बाटोमा रिफ्रेसमेन्ट सेन्टर राख्नुपर्ने, १० वर्षदेखि हेभी गाडीको लाइसेन्स नदिइएकोमा तुरुन्त प्रक्रियाअनुसार लाइसेन्स दिने व्यवस्था गर्नुपर्ने सुझाएको छ। अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो