१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवार घरदैलोमा

६ मंसिर २०७४, बुधबार ०८:३८

मंसिर ६, कञ्चनपुर । आर्थिक समृद्धिका एजेण्डा बोकेर कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ का वाम गठबन्धन तथा लोकतान्त्रीक गठबन्धनका उम्मेदवार महाकाली नगरपालिकामा चुनावी प्रचारमा जुटेका छन् । 

महाकाली नदीमा पक्की पुल निर्माण र सुख्खा बन्दरगाहसँग जोडेर आर्थिक समृद्धि गर्ने चुनावी एजेण्डासहित उम्मेदवार मतदाताको घरदैलोमा पुगेका छन् । क्षेत्र नं ३ मा वाम गठबन्धनबाट एमालेका डा दीपक प्रकाश भट्ट र लोकतान्त्रीक गठबन्धनबाट काँग्रेसका रमेश लेखक प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् । 

भट्टले महाकाली पुल र सुख्खा बन्दरगाहलाई एशियन हाइवेसित जोडेर दोधारा चाँदनीसहित ७ नं प्रदेशको आर्थिक विकास हुने एजेण्डा अघि सार्नुभएको छ । दुवै पूर्वाधार यस क्षेत्रको आर्थिक विकासका मेरुदण्ड भएको उहाँको भनाइ छ । 

“भारतको राजधानी नयाँ दिल्लीसँग भन्दा पनि व्यापारिक र आर्थिक केन्द्रसित जोडिनुपर्छ”, उहाँले भन्नुभयो । भारतको विशाखापट्टनम र कोलकाता बन्दरगाहसँग सुुख्खा बन्दरगाह जोडेर कारोबार गरिनुपर्नेमा भट्टले जोड दिनुभयो । 

यस्तै, काँग्रेस उम्मेदवार लेखकले पुल निर्माण र सुख्खा बन्दरगाह निर्माणलाई चुनावी एजेण्डा बनाउनुभएको छ । उहाँले सुख्खा बन्दरगाह निर्माण गरी देशकै सबैभन्दा ठूलो व्यापारिक नाका बनाउने चुनावी प्रतिबद्धता मतदातामामाझ गर्दैआउनुभएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले केही महिनाअघि शिलान्यास गरेको महाकाली नदीको पुल निर्माण दुवै दलको साझा एजेण्डा बनेको छ । 

“महाकाली नदीमा पक्की पुल निर्माणका लागि सक्दो पहल गरेको हुँ,” उम्मेदवार लेखकले भन्नुभयो । उहाँले मझगाउँ विमानस्थल सञ्चालन, घाडीघाँच क्षेत्रमा खानेपानी, जोगबुडामा पुल, दोधारा चाँदनी स्वास्थ्य केन्द्रलाई स्तरोन्नति, सडक कालोपत्र लगायतका एजेण्डा मतदातामाझ सार्नुभएको छ । 

क्षेत्र नं ३ मा ८२ हजार मतादाता छन् । महाकाली नगरपालिकामा मात्रै २२ हजार मतदाता छन् । दोधारा–चाँदनीका मत तान्न वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले प्रदेशसभामा महाकाली पारीकै व्यक्तिलाई उम्मेदवार बनाएका छन् । क्षेत्र नं ३ प्रदेश (ख)मा वाम गठबन्धनबाट माओवादी केन्द्रका मानबहादुर सुनार र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका बेलबहादुर राना चुनावी मैदानमा हुनुहुन्छ । 

क्षेत्र नं ३ प्रदेश (क)मा एमालेका प्रकाश रावल र काँग्रेसका यज्ञराज जोशी उम्मेदवार हुनुहुन्छ । क्षेत्र नं ३ मा भीमदत्त नगरपालिका, महाकाली नगरपालिका र वेदकोट नगरपालिका–८ का ३० वडा पर्छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु