२०८२, ८ फाल्गुन शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

निर्वाचन शान्तिपूर्वक हुनेमा ढुक्कछन् खोटाङवासी

२०७४, ६ मंसिर बुधबार ०८:४२

मंसिर ६, खोटाङ । पहिलो चरणअन्तर्गत मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको व्यग्र प्रतिक्षामा रहेका छन्—खोटाङवासी । 

पूर्वमा भोजपुर, पश्चिममा ओखलढुंगा, उत्तरमा सोलुखुम्बु र दक्षिणमा उदयपुर जिल्ला रहेको पूर्वी पहाडको सुन्दर र शान्त खोटाङ जिल्लावासीले संविधान कार्यान्वयनका लागि हुन लगेको यो निर्वाचनमा आफ्ना जनप्रतिनिधि चुन्न तम्तयार भएर बसेका छन् । उता, निर्वाचन आयोग तथा स्थानीय प्रशासन सम्पूर्ण तयारी पूरा गरी निर्वाचन सु–व्यवस्थित र शान्तिपूर्वक हुनेमा ढुक्क देखिन्छन् । 

कुल एक लाख २५ हजार १८३ मतदाता रहेको खोटाङमा प्रतिनिधिसभा सदस्यका लागि एक क्षेत्र कायम गरेको छ भने प्रदेशसभाका लागि दुई क्षेत्र । यसअघि भएका संसदीय निर्वाचनमा भने खोटाङका दुई क्षेत्रबाट दुईजना सांसद चुनिने व्यवस्था थियो । 

निर्वाचनको दिन नजिकिँदै गर्दा विभिन्न दलबाट प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवार आफ्नो अन्तिम चुनाव प्रचारप्रसारका क्रममा ग्रामीण भेगतिरै केन्द्रित भएका छन् । 

बाहिरबाट हेर्दा शान्त नै देखिएको यस जिल्लाको वस्तुस्थिति कस्तो छ र निर्वाचनको तयारी के कसरी भइरहेको छ, शान्ति सुरक्षाको स्थिति कस्तो छ भनी प्रश्न गर्दा खोटाङका प्रमुख जिल्ला अधिकारी एकदेव अधिकारीले रासससँग कुरा गर्दै भन्नुभयो, “जिल्लामा निर्वाचनको पूर्ण तयारी भइसकेको छ । कर्मचारी तथा सुरक्षाकर्मी खटाउने काम भई मतपत्र तथा मतपेटिका सम्बन्धित केन्द्रमा पुग्न थालेका छन् ।” 

उहाँले जिल्लाको शान्ति सुरक्षाको स्थिति मजबुत रहेको र जिल्लास्थित दलहरुको आपसी संयमले हालसम्म कुनै अप्रिय घटना नभएको बताउँदै मतदान शान्तिपूर्ण रुपमा सम्पन्न हुनेमा विश्वास व्यक्त गर्नुभयो । 

प्रजिअ अधिकारीले दुर्गमस्थानका मतदान केन्द्रबाट मतपेटिका ढुवानी कार्य भने चुनौतिपूर्ण हुने र हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था आउने बताउनुभयो । जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले कर्मचारी, मतपत्र र मतपेटिका मतदान केन्द्रमा पठाउने कार्य भइरहेको र यथासमयमा पुग्ने बताउनुभयो । 

जिल्लाका सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायब उपरीक्षक धनबहादुर बानियाँ तथा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक लोकदर्शन थापाले जिल्लामा सुरक्षा व्यवस्था मजबुत रहेको र सुरक्षाकर्मी मतदान केन्द्रमा खटाइसकिएको जानकारी दिनुभयो । 

जिल्लामा ४६० नेपाली सेना, ३१९ सशस्त्र प्रहरी, ८२६ नेपाल प्रहरी र ९८२ म्यादी प्रहरी गरी कुल दुई हजार ५८७ सुरक्षाकर्मी खटाइएको छ । प्रजिअ अधिकारीकाअनुसार जिल्लामा कुल १३६ मतदानस्थलका १७९ मतदान केन्द्रमा एक हजार ४३२ कर्मचारी खटाइएको छ । 

सशस्त्र प्रहरी जिल्लाका दशवटै स्थानीय तहका १२ ठाउँमा खटाइएको छ । नेपाली सेना भने, जिल्लाका दश स्थानीय तहमा ३३ जनाका दरले ३३० जना खटाइएको प्रजिअ अधिकारीले बताउनुभयो । जिल्लाका २८ वटा मतदानस्थल अतिसंवेदनशील मानिएको छ । 

जिल्लाका दश स्थानीय तहमध्ये दुई मात्र नगरपालिका रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ रहेका छन् । प्रतिनिधिसभाको एक सिट र प्रदेशसभाको दुई सिटमा जिल्लामा क्रियाशील दश राजनीतिक दलबाट १९ जना उम्मेदवार हुनुहुन्छ । जसमध्ये एक मात्र महिला उम्मेदवार हुनुहुन्छ । 

नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को गठबन्धनबाट एमालेका वैकल्पिक केन्द्रीय सदस्य विशाल भट्टराई तथा नेपाली काँग्रेसबाट पूर्व सांसद सरस्वती बजिमय प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ । 

प्रतिस्पर्धी अन्य दलमा संघीय समाजवादी फोरम नेपालबाट कृष्णकुमार राई, नयाँ शक्ति नेपालबाट मदन राई र राप्रपा (प्रजातान्त्रिक)बाट धर्मराज पोखरेल उम्मेदवार हुनुहुन्छ । 

प्रदेशसभामा वाम गठबन्धनका साझा उम्मेदवार एमाले वैकल्पिक केन्द्रीय सदस्य राजन राई क्षेत्र नम्बर १ (क) र क्षेत्र नम्बर २ (ख)मा गठबन्धनकै साझा उम्मेदवार माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा पूर्व सभाषद रामकुमार राई (पासाङ) उम्मेदवार हुनुहुन्छ भने, नेपाली काँग्रेसबाट (क) मा सुवासकुमार पोखरेल र (ख)मा विष्णुकुमार राई रहनुभएको छ । 

स्थानीय तहको निर्वाचनमा एमालेले पाँच, काँग्रेसले चार र माओवादी केन्द्रले एक तहमा जित हासिल गरेको थियो । आगामी मंसिर १० गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा वामगठबन्धनका उम्मेदवार र काँग्रेसका उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।  रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो