१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा काँग्रेस नेताको घरमा राखिएका बम निष्क्रिय पारियो

६ मंसिर २०७४, बुधबार ०८:४६

मङ्सिर ६, नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–४ सिक्रेमा गाउँपालिकाको वडा सदस्य एवं नेपाली काँग्रेसका स्थानीय नेता उद्धव थापाको घरमा भेट्टिएको दुई थान सुतली बम निष्क्रिय बनाइएको छ । 

काँग्रेसका नेता थापाको आँगनमा भेटिएको सुतली बम श्रीनाथ गण देवीघाटबाट गएको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुकरजंग विष्टले जानकारी दिनुभयो । 

आज शिवपुरी गाउँपालिकाको केन्द्र शेराबगरमा नेपाली काँग्रेस नुवाकोट क्षेत्र नं १ ले चुनावी सभा आयोजना गरेको र त्यहाँ काँग्रेसका उम्मेदवार डा रामशरण महतले सम्बोधन गर्ने कार्यक्रमलाई प्रभावित बनाउने उद्देश्यले बम राखेको हुनसक्ने अनुमान गरिएको छ । 

बम राख्ने व्यक्तिको पहिचान हुन बाँकी भए पनि निर्वाचन विरोधी गतिविधि गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीको संलग्नता रहेको हुनसक्ने प्रहरीको अनुमान छ । काँग्रेसका उम्मेदवार डा महतलाई लक्ष्य गरी बम विस्फोट गराउँदा कार्यकर्ता चढेको गाडीमा लागेर पाँचजना घाइते भएका थियो । 

यस्तै, आज बम राखिएको घरधनी थापालाई पनि शिवपुरी गाउँपालिका–४ को वडा सदस्य भएर जिम्मेवारीपूर्वक काम नगरेको तथा समाजसेवाको नाममा निरकुङ्श प्रवृत्ति अपनाएको भन्दै नेकपा विप्लव समूहले गत भदौ ३१ गते मोसो दलेर दुव्र्यबहार गरेको थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु अस्ट्रेलियामा गोली चल्दा तीन जनाको मृत्यु फागुनको पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुगिसक्छ