2026-09-19 06:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेलधुरामा स्थानीय सरकार संचालन ऐन २०७४ सम्बन्धी अभिमुखिकरण

मंसिर ६, डडेल्धुरा | स्थानिय सरकार संचालन ऐन २०७४ को विषयमा एक दिने अभिमुखीकरण कार्यक्रम डडेल्धुरामा सम्पन्न भएको छ । 

सुचना प्रविधीको प्रयोग र स्थानिय सरकारको जावाफदेहिता पारदर्शिताको लागि शुसाशन परियोजना अन्तरगत बुधबार अमरगढी नगरपालिका र ग्रामिण वाताबरण विकास केन्द्र डडेल्धुराद्धारा संचालित सुशासन परियोजनाको संयुक्त आयोजनामा सम्पन्न भएको हो । नवनिर्वाचित प्रतिनिधिहरुको क्षमता अभिवृद्धि गर्ने मुख्य उद्देश्ले स्थानिय सरकार संचालन ऐन २०७४ मा अभिमुखिकरण कार्यक्रम अमरगढी नगरपालिकाको सभाहलमा सम्पन्न भएकोे सेसी शुसासन परियोजनाका क्षेत्रीय कार्यक्रम संयोजक महेन्द्र शाही बताउनु भयो ।

कार्यक्रममा स्थानिय जनप्रतिनिधीलाई स्थानिय सरकार संचालन ऐन २०७४ सम्बन्धिी ऐनको बारेमा विस्तृत जानकारी गरिएको थियो । १५ परिच्छेदका रहेको १ सय २१ दफा र उपदाफाको बारेमा विस्तुत जानकारीका साथै विषयबस्तुमा अभिमुखिकरण गरिएकोे थियो । स्थानिय सरकार संचालन गर्दा प्रमुख र उपप्रमुख , वडा अध्यक्ष सदस्यहरुको काम कर्तव्य अधिकारको बारेमा छलफल र ऐनमा भएका विषयबस्तु दफा उपधाफामा पनि जानकारी गराइएको थियो ।

अभिमुखिकरण कार्यक्रममा विषय बस्तु तथा स्थानिय सरकार संचालन ऐन २०७४ को बारे अधिबक्ता  युवराज जोशीले सहजिकरण गर्नु भएको थियो । 

कार्यक्रममा अमरगढी नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष, नगरकार्य पालिकाका सदस्यहरु तथा विभिन्न शाखामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन सुशासन परियोजनाका जिल्ला कार्यक्रम संयोजक मेनका शाहीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई