२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङको क्षेत्र नम्बर २ मा कांग्रेसको मत अगाडी

६ मंसिर २०७४, बुधबार १५:३८

मंसिर ६, खोटाङ । आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा खोटाङको क्षेत्र नम्बर २ मा कांग्रेसको मत अगाडी देखिएको छ । 

आगमी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता तथा प्रदेशसभाका (ख) का उम्मेद्वार विष्णुकुमार राईको मत अगाडी देखिएको हो ।

विगत लामो समययता जनताका हकाधिकार र विकास बृद्धिमा क्रियाशिल नेता राईलाई भोट लगाउन स्थानीयहरु ब्यग्र प्रतिक्षामा रहेका छन् भने, नेकपा माओवादी केन्द्र तथा बाम गठबन्धन तथा प्रदेशसभाका (ख) का उम्मेद्वार पासाङलाई चिन्दै नचिन्ने तथा नबुझेका उम्मेद्वारलाई भोट लगाउन जनताहरु अनविज्ञ रहेका कारण क्षेत्र नम्बर २ मा प्रदेशसभामा कांग्रेसको जित शुनिश्चत रहेको हो ।

‘जनताको अधिकार दिलाउने वहानामा २०५८ सालयता २०६१ सालसम्म मान्छे मार्दै हिडेका मान्छेलाई कुन हातले भोट दिनु ? खोटेहाङ गाउपालिका ९ लिच्कीराम्चे कालापानीका बिर्ख बहादुर राउतले प्रश्न गरे । “जनताका गाँसवाँस, कपास हर्ने मान्छेलाई फेरी जितायौं भने हाम्रो हालत के होला ।” उनले भने, ‘हामी नितान्त विकास र लोकतन्त्र चाहान्छौ हाम्रो दुःख बुझ्ने नेतालाई हामी जसरी पनि जिताउन चाहान्छौ ।’

प्रदेशसभाका उम्मेद्वार राईलाई २०७० सालमा हराएर भोग्नुपरेको पिडालाई स्मरण गर्दै सोही पालिकाका माबेथुम्का निवासी प्रेम कुमार रायका  भन्छन् ‘यहाँका स्थानीय जनता कांग्रेसका उम्मेद्वार जिताउन अगाडी सरेका छन् । त्यसलाई अहिलेको बाम गठबन्धनले सहयोग पुग्ने छ । उनले भने, गठबन्धनको टाउको मात्रै मिलेका तर, स्थानीय स्तरमा कार्यकर्ता अलमलमा परेका कारण कांग्रेसको जित पक्का छ ।

अहिले बाम गठबन्धनमा उठेका उम्मेद्वारहरुले चुनाव जिते पनि केही लछारपाटो नलगाएका स्थानीय निकशन राईले बताए । ‘विकास र भविष्य निर्माणका लागि योग्य र निष्ठावान नेता विष्णुकमार जिताऔं अभियानमा स्थानीय लागि परेका उनले बताए ।’ क्षेत्र नम्बर २ का राईका प्रतिस्पर्धी तथा बाम गठबन्धनका उम्मेद्वार पासाङलाई जनयुद्धकालदेखी जनतामा ज्यानमाराको छाप रहेको छ । सोही कुराका पहिलोे फाईदा विष्णुकुमार राईले उठाउने आँकलन गर्न सकिन्छ ।

प्रतिनिधिसभा उम्मेद्वार तथा निवर्तमान सभाषद विशाल भट्टराईलाई पालिका हरण गरेको आरोप छ । पालिका हरणले उम्मेद्वार भट्टराईको भोट लोकतान्त्रिक गठबन्धनका उम्मेद्वार वजिमयलाई जाने अनुमान गरिएको छ ।   


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल