ताराबहादुर महत । मंसिर ७, दोलखा । यहि मंसिर १० गते हुन लागिरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले दोलखामा चुनावी सरगर्मी चरम उत्कर्षमा पुगेको छ । चुनावी प्रचारको आज अन्तिम दिन दलका उम्मेद्वारसहित नेता कार्यकर्ताहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन । यसअघि "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ताराबहादुर महत । मंसिर ७, दोलखा । यहि मंसिर १० गते हुन लागिरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले दोलखामा चुनावी सरगर्मी चरम उत्कर्षमा पुगेको छ । चुनावी प्रचारको आज अन्तिम दिन दलका उम्मेद्वारसहित नेता कार्यकर्ताहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन । यसअघि "/>
२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

दोलखामा चुनाब जित्ने गुरुङ र खड्का दुवैको दाबी, को भाग्यमानी को अभागी !

७ मंसिर २०७४, बिहीबार ०५:२९

ताराबहादुर महत । मंसिर ७, दोलखा । यहि मंसिर १० गते हुन लागिरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले दोलखामा चुनावी सरगर्मी चरम उत्कर्षमा पुगेको छ । चुनावी प्रचारको आज अन्तिम दिन दलका उम्मेद्वारसहित नेता कार्यकर्ताहरु चुनावी प्रचारप्रसारमा व्यस्त छन । यसअघि प्रतिनिधि सभामा २ निर्वाचन क्षेत्र रहेको दोलखा मुलुक संघिय संरचनामा गएपछि एउटा मात्र निर्वाचन क्षेत्रमा खुम्चिन पुगेको छ । प्रतिनिधि सभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा बाम गठबन्धनका तर्फबाट एमाले केन्द्रिय सदस्य पार्वत गुरुङ र नेपाली काङ्ग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्का मुख्य प्रतिस्पर्धि हुनुहुन्छ । प्रदेशसभा अन्र्तगत दोलखाको १ नम्बर क्षेत्रमा पर्ने गौरीशंकर गाउँपालिकाका दुवै उम्मेद्वार आ–आफूले निर्वाचन जित्ने दाबी गरीरहनुभएको छ । आसन्न निर्वाचनमा दुवैले जित्ने दाबी गरीरहँदा हामीले उहाँहरुको राजनितिक पृष्ठभुमिको बारेमा कुराकानी गरेर छोटो सामाग्री तयार पारेका छौं ।


पार्वत गुरुङ

प्रतिनिधि सभामा एक मात्र सिट रहेको दोलखामा बाम गठबन्धनको तर्फबाट उम्मेद्वार बन्नुभएको छ, एमाले नेता पार्वत गुरुङ । वि.स २०२५ सालमा दोलखाको उत्तरी विकट गाउँ सुरी गाविसमा उहाँको जन्म भएको हो । विकट ठाउँमा जन्मिएर पनि उहाँले राजनिति शास्त्रमा स्नातक सम्मको शिक्षा हाँसिल गर्नुभएको छ । विद्यायल जीवन दोलखाको साविक लादुक गाविसमा व्यतित गर्नुभएका गुरुङ २०३७ सालमा अनेरास्ववीयुबाट विद्यार्थी राजनिति शुरु गर्नुभएको हो । उहाँ अनेरास्ववीयु दोलखाको संस्थापक सदस्य समेत हुनुहुन्छ ।

तत्कालिन जिल्ला विकास समिति दोलखाको सदस्य भएर काम गर्नुभएका नेता गुरुङ पार्टीको गाउँ तहदेखि अहिले केन्द्रिय सदस्यको भुमिकामा रहनुभएको छ । यसविचमा उहाँ नेकपा एमाले सुरीको गाउँ कमिटी सचिव, इलाका कमिटी सचिव, जिल्ला कार्यसमिति सदस्य, सचिवालय सदस्य, निर्वाचन क्षेत्रिय कमिटी संयोजक हुँदै नेकपा एमालेको जिल्ला अध्यक्षको भुमिका निर्वाह गरी सक्नुभएको छ । त्यसै गरी पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य, अञ्चल कमिटी सदस्य भएर समेत पार्टी र राष्ट्रिय राजनितिलाई नजिकबाट नियाली सक्नुभएको छ ।

पार्टीको जिल्ला अध्यक्ष र अञ्चल कमिटीको भुमिका निर्वाह गरे पश्चात्त २०७० मा भएको दोश्रो संविधान सभा निर्वाचनमा दोलखा क्षेत्र नम्बर १ बाट प्रतिस्पर्धि काङ्ग्रेस उम्मेद्वारलाई ४ हजार ठुलो मत अन्तरले पराजित गर्दै आफू विजयी हुनु भएको थियो । पहिलो संविधान सभाले नयाँ संविधान बनाउन नसक्नु र दोश्रो संविधान सभाले देशमा जनताको चाहाना अनुसार नयाँ संविधान निमार्ण गरेपछि गुरुङको राजनितिक उचाई थप बढेको थियो । खासगरी नयाँ संविधानमा युवाहरुका सवाल उठानमा गुरुङले खेलेको भुमिकाका कारण अझ युवाहरुमाझ गुरुङ धेरै लोकप्रिय नेताका रुपमा चर्चित हुनुहुन्छ । स्वदेशमै कलकारखाना, उद्योग धन्दा, पेशा व्यवसाय संचालन गरेर युवाहरुलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्नेमा सदैव उहाँ लागिरहनुभएको छ ।

२०७० को निर्वाचन जितेर नयाँ संविधान निमार्ण गर्नु पहिलो जिम्मेवारी भएपनि सांसद विकास कोषको निर्वाचन क्षेत्र विकास कार्यक्रम र अन्य कार्यक्रममार्फत दोलखाको विभिन्न क्षेत्रमा सडक, विद्यालय, खानेपानी, सिँचाई, पुलपुलेसा निमार्ण लगायत क्षेत्रमा उल्लेखनिय योगदान गर्नुभएका गुरुङ धेरै दोलखालीहरुको मन मुटुमा बस्न सफल भएको दाबी गर्नुहुन्छ । आफू विकट गाउँमा जन्मेर भोग्नु परेको कष्टका कारण पनि त्यस्तो कष्ट कसैले भोग्नु नपरोस भनेर विकास निमार्ण गरी समग्र दोलखा जिल्लालाई नै सुगम बनाउन आफू अहोरात्र खटिएर लागिरहेको उहाँको भनाई छ ।

पार्टीको केन्द्रिय कमिटीसम्म बसेर काम गरीसकेको र राष्ट्रिय राजनितिलाई राम्रोसँग बुझिसकेकोले आफूले बनाएका योजनाहरु व्यवहारिकतामा आधारित भएको गुरुङको दाबी छ । आफूले यसअघि निर्वाचन जितेपछि गरेका काम र गर्न बाँकी भएका कामहरुलाई पुरा गर्नका लागि पनि आसन्न निर्वाचनमा आफूले जित्नुुपर्ने गुरुङको विचार छ । आफू एमालेको मात्र उम्मेद्वार बनेर पनि २०७० मा ठुलो मत अन्तरले आफू विजयी भएको भन्दै अहिले बाम गठबन्धनको साझा उम्मेद्वार भएका कारण दुई तिहाई मत ल्याएर जित्नेमा उहाँ ढुक्क देखिनु भएको छ । विशेष गरी दोलखाको समृद्धिका लागि जलश्रोत, जंगल, जडीबुटी लगायतका प्राकृतिक श्रोत र पर्यटकिय क्षेत्रको विकास गरेर अघि बढ्ने कार्यक्रम रहेकोले पनि समृद्ध दोलखा हेर्न आतुर दोलखाली जनताहरुले आफूलाई विजयी गराउन सबैलाई आव्हान समेत गर्नुभएको छ । आफू बाम गठबन्धनको मात्र नेता नभएर पछाडि पारिएका जनजातिहरुको समेत प्रतिनिधित्व गर्ने भएकोले पनि जनजातिहरुको मत आफूलाई आउने उहाँको विश्वास छ । आफू निर्वाचित भएपछि आफूले बनाएका योजना र प्रतिस्पर्धि दलहरुले बनाएका पनि राम्रा योजना कार्यान्वयन गर्न आफू तयार रहेकोले पनि अन्य दल समर्थकहरुले पनि आफूलाई मतदान गर्ने उहाँको भनाई छ ।



रुद्रबहादुर खड्का

२०१७ साल असार २७ गते दोलखाको झ्याँकुमा जन्मिनु भएका नेपाली काङ्ग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्का आसन्न निर्वाचनमा दोलखाबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार हुनुहुछ । सामान्य किसान परिवारमा जन्मिएर पनि तत्कालिन झ्याँकु गाविसबाट एसएलसी उर्तिण गर्ने पहिलो व्यक्ति बन्नुभएका खड्का आफ्नो १६ बर्षको कलिलो उमेरबाटै विद्यार्थी नेता बनेर राजनितिमा प्रवेश गर्नुभएको हो । खेल क्षेत्रमा रुची भएका खड्का विद्यार्थी जीवनमा पनि सबै साथीहरुमाझ लोकप्रिय हुनुहुन्थ्यो । २०३६ सालको जनमत संग्रह, ४२ सालको सत्याग्रहमा सक्रियतापुर्वक सहभागी हुनुभएका उहाँ प्रजातन्त्र पुर्नबहालीका लागि २०४६ को जनआन्दोलनमा संयुक्त जनआन्दोलन परिचालन समिती, दोलखाको सदस्यको रुपमा भुमिका निर्वाह गर्नुभएको थियो । २०४७ सालमा देवी न्यौपाने पार्टी सभापति हुँदा उहाँ सहसचिवको जिम्मेवारीमा रहनु भएको थियो ।

२०४९ सालमा जिल्ला विकास समिति दोलखाको सभापति बन्नु भएका खड्काले जिल्लामा केहि सडक, पुल, विद्यालय निमार्ण गर्नुका साथै पर्यटकिय विकासका लागि समेत काम गरेको उहाँको भनाई छ । शिक्षित, सुगम र समृद्ध समाज निमार्ण गर्न आवश्यक पुर्वाधारको तयारी गर्नु उहाँको चुनावी एजेण्डा छन । आफ्नो राजनितिक जीवन यात्राकै क्रममा नौ बर्ष अमेरिकामा विताएका खड्का राजनितिमा होमिँदा घरमा आर्थिक संकट आईपरेपछि आफू अमेरिका पुग्नु परेको बताउनु हुन्छ । 

आफू जिल्ला विकास समितिको सभापति हुँदा दोलखामा विकास निमार्णको ढोका खोलेकोले पनि आसन्न निर्वाचनमा जनताहरुले आफूलाई मतदान गरी विजयी गराउने उहाँको दाबी छ । साझासबाल डटकमसँग कुराकानी गर्नुहुँदै उम्मेद्वार खड्काले देशमा लोकतन्त्र ल्याउन नेपाली काङ्ग्रेसले गरेको योगदानलाई सम्झेर जनताले काङ्ग्रेसका उम्मेद्वारहरुलाई विजयी गराउन अपिल गर्नुभयो ।

अघिल्ला निर्वाचनको मत विश्लेषण

२०४८ देखि २०७० को संविधान सभा निर्वाचनसम्मको मत परिणाम हेर्दा दोलखाका दुवै क्षेत्रमा अधिकांश समय एमालेले विजय हाँसिल गरेको छ । क्षेत्र नम्बर २ मा २०६४ को संविधानसभा निर्वाचमा तत्कालिन माओवादी पार्टीले र २०५१ मा क्षेत्र नम्बर १ मा काङ्ग्रेसले जिते बाहेक अन्य सबै निर्वाचनमा नेकपा एमालेले विजयी हाँसिल गर्दै आएको छ । यसैगरी गत बैशाखमा सम्पन्न स्थानिय तह निर्वाचनमा दोलखाका नौ वटा स्थानिय तहमध्ये विगु र बैत्यश्वर गाउँपालिका बाहेकका सबै स्थानिय तहमा एमाले विजयी भएको थियो । 

जसमध्ये एमाले एक्लैले ३९ हजार ७ सय ७६ मत ल्याएको थियो भने नेपाली काङ्ग्रेस र माओवादी केन्द्रको संयुक्त गठबन्धनले ४१ हजार १ सय १६ मत प्राप्त गरेको थियो । एक्लैले करिब ५० प्रतिशत मत ल्याएको एमालेमा माओवादी केन्द्र पनि मिलेर संयुक्त बाम गठबन्धन बनेकोले पनि प्रतिनिधि सभामा बाम गठबन्धनका उम्मेद्वार पार्वत गुरुङले जित्ने सबैले आँकलन गरेका छन।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो एनपिएलः एलिमिनेटरमा काठमाडौँ र लुम्बिनी भिड्दै प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य