2026-09-19 02:59 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दोलखामा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने राजनीति दलदेखि कर्मचारीसम्म

मङ्सिर ७, चरिकोट । दोलखाका राजनीतिक दलले पनि आचारसंहिता उल्लंघन गरेका गुनासो बढेको छ । 

निर्वाचनको मिति नजिकिँदै गर्दा सदरमुकाम चरिकोटमा निर्वाचन आचारसंहिता विपरीत प्रचारप्रसार सामग्री सार्वजनिक स्थानमा झुण्ड्याएको जनगुनासो आए पनि स्थानीय प्रशासनले हटाउन सकेको छैन । 

पार्टीका उम्मेदवारले आचारसंहिता पालनामा चासो नदेखाए पनि स्थानीय प्रशासनले पनि आचारसंहिता उल्लंघन गर्न सहयोग गरिरहेको स्थानीय बासिन्दाको आरोप छ । चरिकोटको सातदोबाटोचोकदेखि नेपाली काँग्रेसको पार्टी कार्यालयसम्म लोकतान्त्रिक गठबन्धन, वाम गठबन्धन र माले पार्टीको प्रचार सामग्री झुण्ड्याइएका छन् । स्थानीय प्रशासनले सम्बद्ध उम्मेदवारका तस्वीरसहित फ्लेक्स ब्यानर, चुनाव चिह्नका झण्डा र पोस्टर अmझैसम्म हटाउन सकेको छैन । 

दोलखाका कर्मचारी नै कुनै दल विशेषसंग आबद्ध भएर निर्वाचनमा सहभागी हुन खोजेपछि जिल्लाको निर्वाचन निष्पक्ष हुनेमा शंका व्यक्त गर्न थालिएको छ । कर्मचारी आफैँले निर्वाचनको आचारसंहिता उल्लंघन गर्दा दललाई किन आचारसंहिता उल्लंघन गरेको भनेर सोध्न सक्ने आँटसमेत नभएको स्थानीयको आरोप छ । अहिले जिल्लामा निर्वाचन आचारसंहिता विरोधी गतिविधि बढ्दै गएको छ । 

निर्वाचन अनुगमन समितिका अधिकृत समेत रहनुभएका जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता कैलाश दाहालले कुनै एक पार्टीको मत मागेर फेसबुकमार्फत सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको विषयमा प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापाले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जो कसैलाई आफूले नछोड्ने बताउनुभयो । 

यसबारे मुख्य निर्वाचन अधिकृतको कार्यलयका मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार काफ्ले आफूलाई यस विषयमा थाहा नभएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई