मंसिर ७, खोटाङ । नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेशसभा (ख) का प्रत्यक्षतर्फका उम्मेद्वार रामकुमार राई पासाङलाई क्षेत्र नम्बर २ मा उनकै पार्टी र एमालेका कार्यकर्ताले आंशिक रुपमा मात्रै भोट लगाउने देखिएको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर ७, खोटाङ । नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेशसभा (ख) का प्रत्यक्षतर्फका उम्मेद्वार रामकुमार राई पासाङलाई क्षेत्र नम्बर २ मा उनकै पार्टी र एमालेका कार्यकर्ताले आंशिक रुपमा मात्रै भोट लगाउने देखिएको छ । "/>
२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङको क्षेत्र नम्बर २ मा एमालेले बिगारेको सेटिङमा पासाङलाई अप्ठ्यारो

७ मंसिर २०७४, बिहीबार ०७:३७

मंसिर ७, खोटाङ । नेकपा माओवादी केन्द्रका नेता तथा प्रदेशसभा (ख) का प्रत्यक्षतर्फका उम्मेद्वार रामकुमार राई पासाङलाई क्षेत्र नम्बर २ मा उनकै पार्टी र एमालेका कार्यकर्ताले आंशिक रुपमा मात्रै भोट लगाउने देखिएको छ । 

सोही कुरालाई आधार मान्ने हो भने राईको जित डगमगिन सक्छ । माओवादी केन्द्रको पृष्ठभुमीवाट राजनीति शुरु गरेका उम्मेद्वार राईलाई विकास विरोधी र ज्यानमाराको आरोप छ । नेकपा एमालेसंग चुनावी तालमेल गरेका राईप्रती माओवादी र एमालेकै कार्यकर्ता रिसाईरहेका छन् । 

एमालेका नेता विशाल भट्टराईले खोटेहाङ गाउपालिका खोटाङवजारमा सारेको रिष एमाले, माओवादी केन्द्र कार्यकर्ताले बोकेर बसेका छन् । तत्कालिन नेकपा माओवादी कार्यकर्ताद्धारा बाझेच्यानडाडाँका कालुमान गुरुङ, दया ढकाल, चिसापानीका हर्क बहादुर राई, लफ्याङका मुक्सन किराँत, छितापोखरीका ध्रुब खड्काको हत्या, बराहपोखरी गाउपालिका सुन्तलेस्थित सोनापातलको टेलिफोन टावर ध्वस्त बनाएका तथा नयाँ टावर बनाउन नसक्दा सञ्चार सुविधावाट बञ्चित स्थानिय यही चुनावलाई मौका हेरेर बसेका छन् ।

बाम गठबन्धन गरेका माओवादी केन्द्रलाई क्षेत्र नम्बर २ र १ मा नै समस्या देखिन्छ । तर, त्यसको बढी असर पासाङलाई नै पर्ने अनुमान छ । एमालेका कार्यकर्ता विशाल भट्टराईको रिसिभी लिएर उनलाई भोट नहाल्दा माओवादी केन्द्र कार्यकर्ता पनि रुष्ट देखिने संम्भावना वढी छ ।

एमालेले सेटिङ बिगारेको स्थानमा पासाङले टिकट लिनु नै दुर्भाग्य हो । यसैपनि २ नम्बर क्षेत्रमा खोटेहाङ गाउपालिकाको ईन्द्रेणीपोखरी, चिप्रिङ, सिमपानी र लिच्कीराम्चेका स्थानीयहरु एमाले कार्यकर्ताहरु आफ्नै उम्मेद्वारको घोर विरोध गर्दै आईरहेका छन् । एमालेसंग रुष्ट कार्यकर्ताले एमालेसंगै सहकार्य गरेर उठेका पासाङलाई भोट दिने परको कुरा हो । 

यस्तै, नेपाली कांग्रेसका नेता तथा प्रदेशसभा (ख) का उम्मेद्वार विष्णुकुमार राई अगाडी देखिने संभावना छ । उनलाई बाम गठबन्धनले थप सहयोग पुग्ने देखिन्छ । एमालेले सेटिङ बिगारेको ठाउमा गठबन्धनले माओवादीलाई उठाउनु र चुनाव जितेपछि गाउँ नै नपसेका नेता उम्मेद्वारी हुनु विष्णुका लागि गोल्डेन अवसर हो ।

जनताका हकाधिकारका विषयमा वकालत गर्दै आएका विष्णुलाई मतदान हुनु अघि नै जनता भोट लगाउन ब्यग्र प्रतिक्षामा रहेको परिदृश्यले पनि २ नम्बर क्षेत्रमा उनले बाजी मार्ने आँकलन गर्न सकिन्छ । 

डर, धम्की र त्रासमा जनतालाई यातना दिएका पासाङलाई एक हिसाबले आफ्नै कर्मले ठगेको छ । त्यसको फाईदा प्रदेशसभा उम्मेद्वार विष्णु र प्रतिनिधिसभाकी महिला उम्मेद्वार सरस्वती वजिमयले लिने देखिन्छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल