Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

वाम गठबन्धनको प्रतिवद्धता ‘संबृद्ध खोटाङ सुखी खोटाङ’

२०७४, ७ मंसिर बिहीबार ०७:४५

मंसिर ७, खोटाङ । खोटाङमा एमाले र माओबादी केन्द्रको गठबन्धन ‘संबृद्ध खोटाङ सुखी खोटाङ’को नारा साकार पार्ने योजना सहितको प्रतिवद्धता–पत्र लिएर मतदाताको घरदैलोमा पुगेका छन् । 

एमाले र माओबादी केन्द्रको गठ बन्धनका उम्मेद्वार जिल्लाको सडक, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन खानेपानी लगायतको बिकासलाई प्राथमिकतामा राखेर ‘संबृद्ध खोटाङ सुखी खोटाङ’को सपना पूरा गर्ने प्रतिवद्धता लिएर चुनावी अभियानमा उत्रिएका छन् । वाम गठ बन्धनकातर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेद्वार बनेका एमालेका बिशाल भट्टराई, प्रदेशसभा (क)का उम्मेद्वार एमालेका राजन राई र प्रदेशसभा (ख)का माओबादी केन्द्रका रामकुमार राईले जिल्लामा संयुक्त प्रतिवद्धता–पत्र बनाएर घरदैलोमा निस्किएका हुन् । बिकास, संबृद्धि, सामाजिक न्याय, स्थायी सरकारमार्फत समाजबादी आधार स्थापना गर्ने वाम गठबन्धनको प्रतिवद्धता–पत्रमा उल्लेख छ । 

वाम गठबन्धनले मध्यपहाडी लोकमार्ग कालोपत्रे, सहायक मार्गको स्तरोन्नती, सवै वडालाई सडक सञ्जालमा जोड्ने, भोजपुरको दिंलादेखि टेम्के–चखेवा हुँदै मैयूँ खोटाङदेखि पश्चिम ओखलढुंगा हुँदै काठमाण्डौं जोड्ने द्रुत मार्ग निर्माण, तापखोला, रावा खोला, दुधकोसीको किनारै किनार हुँदै जयरामसम्मको छोटो सडक विस्तार गर्ने, धार्मिक तथा पर्यटकीय क्षेत्रलाई ध्यानमा राखेर सडक निर्माण गर्ने, सुनकोसीको फोक्सिङटार, धाप्लाङ, साप्सु खोला, तावा खोला, तापखोला, रावा खोला लगायतका नदी तथा खोलामा मोटरेबल पुल एबं झोलुंगे पुल निर्माण गर्ने प्रतिवद्धता सार्वजनिक गरेको छ । 

यस्तै, हरेक गाउँपालिकामा प्राबिधिक शिक्षालय स्थापना, बालबालिकाका लागि रहेक वडामा बाल उद्यान निर्माण गर्ने, फरक क्षमता भएका बालबालिकालाई उचित शिक्षाको व्यवस्था, बाल तथा फरकक्षमतामैत्री शौचालय र पुस्तकालयको व्यवस्था, किरात बिश्वबिद्यालय स्थापनाकालागि पहल, ऐच्छिक विषयकारुपमा मातृभाषा पठन–पाठनको व्यवस्था गर्ने प्रतिवद्धता–पत्रमा उल्लेख छ । 

कृषि पेशाको आधुनिकीकरण गर्दै अर्गानिक कृषिमा जोड, कृषिजन्य उत्पादनको बजारीकरण र कृषि पर्यटन प्रवद्र्धन, कृषि क्षेत्रमा लगानीको सुनिश्चितताका लागि कृषि विमाको व्यवस्था मिलाउने, पशु बिकासमा जोड दिन नश्ल सुधार र पशुबिमा कार्यक्रम कार्यान्वयन गर्ने, माटो परिक्षणका आधारमा कृषि पकेट क्षेत्रको आधारमा कृषिलाई व्यवस्थित गर्ने, कुलो नहर निर्माण गर्ने खेतीयोग्य जमिनमा सिँचाई सुविधाको सुनिश्चतता गर्ने वाम गठबन्धनले जनाएको छ । 

यस्तै, त्रि–धार्मिकस्थल हलेसी, तुवाचुङ, रुपाकोट, टेम्के, मैयूँ, चिलिमढुंगा, रुपाकोट, मझुवागढी, भुलभुले, साप्सुधाप, मेरुङ, जन्तेढुंगा, बराहपोखरी, हुम्मापोखरी, भानुमती, मुलडाँडा, रोक्सिङभञ्ज्याङ लगायतका धार्मिक तथा पर्यटकीय स्थलको गुरुयोजना निर्माण गरेर विकास र प्रवद्र्धन गर्ने, रावाबेँसीलाई कृषि पर्यटकीय नगरीकोरुपमा बिकास गर्ने, हरेक वडामा दक्ष जनशक्तीसहितको सुविधा सम्पन्न स्वास्थ्य सेवाको प्रवन्ध, स्वास्थ्य बीमा कार्यान्वयन, साना तथा ठूला विद्युत आयोजनालाई मिनिग्रिडमार्फत केन्द्रीय प्रशारणमा जोड्ने, घर–घरमा पानीको व्यवस्थाका लागि मुहान संरक्षण र अपूरा योजना पूरा गर्ने, वन वाताबरण प्राकृतिक श्रोत र सम्पदाको संरक्षण गर्ने, युवालाई रोजगारको अवशर सिर्जना गर्ने वाम गठबन्धनको प्रतिवद्धता–पत्रमा उल्लेख छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश