2026-08-26 09:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बाम गठबन्धनलाई ठुलो धक्का, एमाले र माओवादीका सयौ कार्यकर्ता कांग्रेसमा प्रवेश

मंसिर ७, खोटाङ । नेकपा एमाले तथा माओवादी केन्द्र परित्याग गरि नेपाली कांग्रेसमा संयौ नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । 

एमालेका प्रखर नेता हलेसी तुवाचुङ नगरपालिकास्थित जयरामघाटका जयराम गिरी सहित अन्य कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । प्रदेश नम्बर १ का  राजापानी, वुईपा, सल्ले, हलेसी, बडहरे, बाहुनीडाँडा, अख्रौले, नुनथला लगायतका ठाँउबाट एमाले तथा माओवादी केन्द्र परित्याग गरि ७ सय भन्दा बढी व्यक्ति कांग्रेसमा प्रवेश गरेको जनाईएको छ  ।

यस्तै, रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ४ कांग्रेसका अगुवा नेता नर बहादुर श्रेष्ठको टिम कांग्रेसमा प्रवेश गरेका छन् । २०४८ सालमा कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका श्रेष्ठलाई एमालेले आफ्नो पार्टीमा प्रवेश गरेको भनेर भ्रम फैलाएको र आफु एमालेमा प्रवेश नगरेको उनले भनेका छन् । यस्तै, रुपाकोट मझुवागढी नगरपालिकास्थित सोल्माबाट ६५ जनाभन्दा बढी व्यक्ति कांग्रेसमा प्रवेश गरेको जनाईएको छ ।

उता, साकेला गाउपालिकामा सोमवार भएको कांग्रेसको चुनावी सभामा नेकपा एमाले तथा माओवादी केन्द्रका हस्ती मानिने एक सय भन्दा बढी नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको जनाईएको छ ।

यसैगरी, खोटेहाङ गाउपालिका, दिप्रङ गाउपालिका, बराहपोखरी गाउपालिका, जन्तेढुंगा गाउपालिकावाट सयौ विपक्षी दलका कार्यकर्ताहरु पार्टी प्रवेश गरेका हुन् । ईन्द्रेणीपोखरी, चिप्रिङ, सिमपानी र लिच्कीराम्चेका एमाले कार्यकर्ताहरु एमालेका पुर्व सभासद विशाल भट्टराईको क्रियाकलापवाट पार्टी परित्याग गरेका बताएका छन् ।

मंगलवार भएको चुनावी सभामा रुपाकोट मझुवागढी नगरपालिका दोर्पा ७ चिउरीडाडाँमा ३० जना एमाले तथा माओवादी कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गरेका नयाँ कार्यकर्तालाई कार्यक्रमका प्रमुख अतिथि तथा उम्मेद्वारले अविर जात्रा गरी स्वागत गरेका थिए ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक कैलाश मानसरोवर जान हिँडेका ५० पर्यटक सम्पर्कविहीन भोटेकोशी बाढीप्रति प्रचण्डको चिन्ताः नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन अपिल नागरिकको जीवनरक्षा पहिलो प्राथमिकता बनाउन रवि लामिछानेको अपिल त्रिशूलीमा बाढीको सतह बढ्दोः मलेखु र गल्छीका बस्ती सुरक्षित स्थानमा सारिँदै प्रधानमन्त्री शाहले बोलाए आपत्कालीन विपद् परिषद्को बैठक रसुवामा भीषण बाढीः १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा हेलिकप्टर परिचालन खानतलासीको नाममा ज्यादती भएको छ, खसी–कुखुरा समेत लगिएको छ : दुर्गा प्रसाईं बालेनलाई सुदन किरातीको कटाक्ष– ‘देशको चाबी दिएँ, ड्राइभर एम्बुलेन्सको परेछ’