चिसाङ शेर्पा/मंसिर ७, खोटाङ । छिमेकी जिल्लाको हकमा खोटाङ विकासमा पछि पर्नुको मुख्य कारण केन्द्रमा पुग्ने नेता कमजोर भएकाले जिल्लाले विकासमा कहिल्यै फड्को मार्न नसकेको नेपाली कांग्रेसका प्रभावशाली नेता तथा प्रदेशसभा ("/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चिसाङ शेर्पा/मंसिर ७, खोटाङ । छिमेकी जिल्लाको हकमा खोटाङ विकासमा पछि पर्नुको मुख्य कारण केन्द्रमा पुग्ने नेता कमजोर भएकाले जिल्लाले विकासमा कहिल्यै फड्को मार्न नसकेको नेपाली कांग्रेसका प्रभावशाली नेता तथा प्रदेशसभा ("/>
२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

बोल्न नसक्ने नेताका कारण विकासमा जिल्ला पछि पर्यो: पोखरेल

७ मंसिर २०७४, बिहीबार ११:१८

चिसाङ शेर्पा/मंसिर ७, खोटाङ । छिमेकी जिल्लाको हकमा खोटाङ विकासमा पछि पर्नुको मुख्य कारण केन्द्रमा पुग्ने नेता कमजोर भएकाले जिल्लाले विकासमा कहिल्यै फड्को मार्न नसकेको नेपाली कांग्रेसका प्रभावशाली नेता तथा प्रदेशसभा (क) का प्रत्यक्ष उम्मेद्वार सुवासकुमार पोखरेलले बताउनुभयो । केन्द्रमा पुग्ने नेता तथा सभासद वोल्नलाई डराउँछन् कसरी हुन्छ बिकास उनले थपे, त्यसको असर जिल्लालाई पर्ने गरेको छ ।  


आगामी आईतवार हुने प्रतिनिधि तथा प्रदेशसभाको चुनावका लागि विहीवार कांग्रेसले दिक्तेलमा गरेको घरदैलो अभियान अन्तरगत त्रिवेणीचोकमा सभालाई संवोधन गर्दै उम्मेद्वार पोखरेलले,‘खोटाङका नेताहरु केन्द्रमा नपुगेका हैनन् । 

उनीहरु वोल्न नसकेका हुन् । वोल्न नसक्दा जिल्लालाई सधै अरुको विकास हेरेर वस्न बाध्य बनाएको बताए ।’ जिल्लाका लागि बिकासमा बजेट आएको हुन्छ, त्यसमा उनीहरु न त थपि माग्छन्, न बोल्छन्, जती पाउँछन् लिएर आफुलाई नाफा राखेर जनतालाई दिन्छन् अनि कसरी हुन्छ विकास उनले जनसभामा उपस्थित जनतालाई सचेत गराउन प्रश्न राखे ।  

सोलुखुम्बु, भोजपुर, ओखलढुंगामा रातारात विकास भईरहंदा खोटाङको बिकास शुन्य हुंदा हजारौ युवायुवतीहरु मुसलमानको देशमा गुलामी गर्न जानु परेको तितो यथार्थ बताउदै अब त्यस्तो स्थिती आउन नदिने प्रतिबद्धता जनाए । जनताले आफुलाई जिताएर केन्द्रमा पठाए सबैभन्दा पहिला जिल्लालाई संबृद्ध बनाउने घोषणा गरेका छन् । 

जसका लागि नेता पोखरेलले सहयोग गर्न सवै स्थानिय जनतालाई आग्रह गरेका छन् । मौन अवधिको समय नजिकिदै गर्दा जिल्लामा लोकतान्त्रिक गठबन्धन, नयाँ शक्ति, संघिय समाजवादी फोरम, बाम गठबन्धनले सक्दो घरदैलो अभियान दु्रत गतीमा गरीरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल