टेक शाही/मङ्सिर ७, डोल्पा । डोल्पा जिल्लाका ६६ वटा मतदान केन्द्रमा निर्वाचनमा खटिएका कर्मचारिहरु पुगेका छन ।
६६ वटा मतदान केन्द्रका लागि ४ सय ३० जना कर्मचारि सबै अँगका सुरक्षा कर्मिहरु मतदान स्थलमा पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारि दिएको छ । ७ गते साँझ सम्म दुनैमा रहेको एक केन्द्र बाहेक अन्य सबैमा कर्मचारि पुगि सक्ने पनि कार्यालय जानकारि दिएको छ ।
नेपाली सेनाको हेलिकप्टरबाट माथिल्लो डोल्पाका १९ मतदान केन्द्रमा कर्मचारि र सुरक्षाकर्मि पुर्याउने काम दैनिक भएको प्रमूख जिल्ला अधिकारि केशबराज आचार्यले जानकारि दिए । उनका अनुसार हाल सम्म प्रति मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित ४ जना कर्मचारि र सुरक्षाकर्मि मतदान स्थलमा पुगि सकेको र उक्त मतदान केन्द्रमा खटिएका अन्य सहायक कर्मचारिहरु निर्वाचन सम्म पुर्याउने बताए ।
माथिल्लो डोल्पाका शे–फोक्सुण्डोका २ वटा मतदान केन्द्र र छार्काको एक मतदान केन्द्रमा भने पैदलमार्गबाट कर्मचारि पुगेकाछन । अन्य सबै मतदान केन्द्रका सहायक कर्मचारि र कार्यालय सहयोगि दुनैमा नै छन । हेलिकप्टरले अक्सीजन कमि र उच्च पाहाडका कारण धेरै लोड उठाउन नँसक्ने भएकोले पनि भने अनुसार कर्मचारिहरु नपुगेको मुख्य निर्वाचन अधिकृत रमेश कुमार ज्ञवालीले जानकारि दिए । उनका अनुसार निर्वाचनको दिन सम्म पनि कर्मचारि पुग्ने र मतदानमा कुनै पनि समस्या नआउने बताए ।
बुधबार ७ गते राति १२ बजेबाट मौन अबधि सूरु हुने भएकोले मतदान स्थलको ब्यवस्थापनका लागि पनि आधा कर्मचारिहरु लिनु परेको प्रमुख जिल्ला अधिकारीले बताए ।
उनले भने नेपाली सेनाले माथिल्लो डोल्पाका सबै मतदान केन्द्रमा कर्मचारि पुर्याउने छ । तर तल्लो डोल्पाका सबै मतदान केन्द्रमा कर्मचारिहरु र सबै अँगका कर्मचारिहरु मतदान स्थालमा पुगि सकेको निर्वाचन कार्यालयले जानकारि दिएको छ । मुख्य निर्वाचन कार्यालयले भनेको छ सुरक्षा ब्यवस्था कडा पारिएको छ ढुक्क मतदान गर्न मतदातालाइ आग्रह गरको छ ।
माथिल्लो डोल्पाका शे–फोक्सुण्डो गाँउपालिकामा मात्र १ हजार ३ सय भन्दा धेरै मतदाताले मतदाता परिचय पत्र पहिलो पटक पाउने भएका छन । स्थानिय तहमा निबिरोध निर्वाचित भए पछि त्यस गाँउपालिकाका मतदाताले पहिलो पटक परिचय पत्र पाउने भएका जिल्ला निर्वाचन अधिकारि बिक्रम गिरिले जानकारि दिए । उनका अनुसार जिल्लाका २ नगरपालिका र ६ गाँउपालिका गरि ८ वटै स्थानिय तहका हरेक मतदान केन्द्रमा धेरै थोरै गरि करिव २२ सय भन्दा धेरै मतदाता परिचय पत्र बितरण हुने बताए ।
मासिर ७ गते साँझ सम्म सबै मतदान केन्द्रमा कर्मचारिहरु पुगिसक्ने र सबैले मतदान स्थल ब्यवस्थापन गरि ८ र ९ गते नयाँ मतदाता परिचय पत्र बितरण हुने निर्वाचन कार्यालय डोल्पाले जानकारि दिएको छ । निर्वाचनका लागि आबस्यक पर्ने झण्डै ४४ प्रकारका सामाग्रीहरु सबै मतदान केन्द्रमा पुगेकोले कर्मचारिहरुले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउने जिल्ला निर्वाचन कार्यालयले जानकारि दिएको छ ।
माथिल्लो डोल्पामा कर्मचारिहरु हेलिकप्टरबाट पठाउदै गरिएको र तल्लो डोल्पामा आन्तरिक सडक बिस्तार हुने स्थान सम्म जिपमा र त्यस पछि मजुबद सुरक्षाका बिचबाट मतदान स्थलामा कर्मचारि पठाइएको जिल्ला सुरक्षा समितिका सँयोजक प्रमूख जिल्ला अधिकारि केशबराज आर्चायले बताए । उनका अनुसार अतिसम्बेदनशिल ३३ मतदान स्थल,१८ सम्बेदनशिल र १५ सामान्य गरि ६६ वटै मतदान केन्द्रमा सबै अँगका सुरक्षा कर्मि परिचालित गरिएकोले मतदाताले ढुक्क भएर १० गते बिहान ७ बजेबाट मतदान गर्न अनुरोध गरेको बताए ।
उच्च हिमाली जिल्ला भएको कारण मौसमा परिवर्तन आइ रहेकोले मतदाता र कर्मचारिहरु त्रसित भएका छन । बिहानै देखि बादल लागे पछि माथिल्लो डोल्पा जाने कर्मचारिहरु त्रसित भएका हुन । सदरमुकाम दुनैको तापक्रम नै माइनसमा रहेको अबस्थामा माथिल्लो डोल्पाका सबै क्षेत्रमा बदलि पछि हिमपात हुने सम्भावाना देखिएको छ ।
१० गते भन्दा पहिले नै हिमपात भएमा निर्वाचनमा गएका कर्मचारि सुरक्षाकर्मि मात्र होइन स्थानियको पनि ठुलो क्षेति हुने स्थानियहरुको अनुमान रहेको छ । हिमाली जिल्लाको लागि यो सयम तराइका बिभिन्न ठाँउमा झर्ने बेला भएको कारण निर्वाचन ढिला भएकोले जाडो खानु पर्ने बाध्यता रहेको माथिल्लो डोल्पाका स्थानियहरु बताउछन ।
केहिदिन देखि बादली हुने र चिसौ दैनिक माइनसमा झर्ने गरकोले माथिल्लो डोल्पाको जनजिवन प्रभाबित बनेको छ । चिसो खेपेर पनि माथिल्लो डोल्पाका मतदाता मतदान गर्नमा उत्सुक रहेका छन ।