४ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बिराटनगरमा ट्यांकरको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु

८ मंसिर २०७४, शुक्रबार ०६:०७

मङ्सिर ८, मोरङ । मोरङको बूढीगंगा गाउँपालिका– ३ स्थित कोशी राजमार्गमा ट्यांकरको ठक्करबाट बिहीबार साँझ स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ भने अर्की एक महिला घाइते भएकी छिन् । 

दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको को १ ख ४५९९ नम्बरको ट्यांकरले सोही दिशातर्फ जाँदै गरेको को २५ प ८२०२ नं को स्कुटरलाई ठक्कर दिँदा गम्भीर घाइते शाह भएकी स्कुटर पछाडि बस्ने सुनसरी, इटहरी – ६ की २७ वर्षीया खुश्बु शाहको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । 

अर्की घाइते सोही ठाउँ बस्ने २१ वर्षीया चालक आशा रिजालको सोही अस्पतालमै उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिनुभयो । ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तीन महिनामा ४ खर्ब ७ अर्ब रुपैयाँ भित्रियो रेमिट्यान्स दुर्गा प्रसाईँविरुद्ध लाग्न सक्छ यी अभियोग दुर्गा प्रसाईँलाई पुर्‍याइयो वीर अस्पताल आफू पक्राउ अगावै दुर्गा प्रसाईंले दिएका थिए पक्राउको जानकारी चिर्पटले हिर्काएर श्रीमतिद्वारा श्रीमानको हत्या आज पनि एक हजार एक सय रूपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ? दु्र्गा प्रसाईँमाथि ७ वर्षसम्म हुनसक्छ कैद : अभिवक्ता विनिता तामाङ सरकार पहिलो चौमासिकमा राजश्व संकलन गर्न कमजोर भक्तपुरस्थित निवासबाट पक्राउ परे दुर्गा प्रसाईं प्रधानमन्त्री ओली र सभापति देउवाबीच आजपनि छलफल हुँदै रुकुमपश्चिममा चिर्पट प्रहार गरेर श्रीमतीले गरिन् श्रीमानको ह-त्या अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा जनकपुर बोल्टस्ले गरे आधिकारिक जर्सी सार्वजनिक युक्रेनलाई रुसविरुद्धलामो दूरीको क्षेप्यास्त्रप्रयोग गर्न बाइडेनको स्वीकृतिसँगै विश्वभर तरंग एक हजार एक सय रूपैयाँले बढ्यो सुनको मूल्य राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै आशिषलाई प्रश्न : ‘पूर्ण वहादुरको सारङ्गी’ कि ‘रैया चाँदीको’ हिट ? उप–निर्वाचनःउमेदवारको नामावली आज प्रकाशन हुने युइएफए नेसन्स लिग : क्रोएशिया र पोर्चुगल क्वाटरफाइनलमा माओवादी पदाधिकारी बैठक आज बस्दै