2026-09-12 06:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाहीमा १ हजार ७७४ प्रहरी र ३ हजार ११३ म्यादी खटाइने

सरोज यादव/मङ्सिर ८, सर्लाही । मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको लागि सर्लाहीमा ११८ वटा मतदान स्थल र ५१५ वटा मतदान केन्द्रहरु तोकिएको छ 

तोकिएका मतदान केन्द्र मध्य १४१ मतदान केन्द्र अति संवेदनशील,१५१ संवेदनशील र २६ मतदान केन्द्र सामान्य रहेको सर्लाहीका प्रवक्ता एवं डि.एस.पी राजेश थापाले जानकारी दिनुभयो । 

मतदान केन्द्रको सुरक्षका लागि प्रत्येक मतदान केन्द्रमा ३ जना नेपाल प्रहरी र ४ म्यादी प्रहरी खटाउने तयारी भएको डिएसपी थापाले जानकारी दिनुभयो । चुनावी सुरक्षाका लागि सर्लाहीमा १ हजार ७७४ नेपाल प्रहरी र ३ हजार ११३ म्यादी प्रहरी परिचालित हुने प्रवक्ता थापाले बताउनुभयो । 

चुनाव बिथोल्नका लागि बिप्लव समुहको नेपाल कम्नियुष्ट पार्टी र केही तराइ केन्द्रित भुमिगत समुह जिल्लामा सक्रिय रहेको सुरक्षा समितीको भनाई रहेको छ । 

जिल्लाका अधिकांश मतदान केन्द्र भारतिय सिमासँग जोडिएकाले नेपाल र भारत दुवै पक्षका सुरक्षा समितीको बैठक बसेर थप सुरक्षा ब्यवस्था मिलाउने प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिनुभयो । 

विगतमा भएका निर्वाचनका गतिविधिहरुलाई ध्यानमा राखेर अति संवेदनशील सूचीमा समावेश गरिएका मतदान केन्द्रहरुमा विशेष सुरक्षा योजना लागु गरिने प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिनुभयो । 

सर्लाहीमा चार प्रतिनिधि र आठ प्रदेश सभा निर्वाचन क्षेत्र कायम गरिएको छ । मसिर २१ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचमा ३ लाख ८५ हजार ५८१ मतदाताले मतदान गर्ने जिल्ला निर्वाचन कार्यालय सर्लाही जनाएको छ । 

जनसख्याको हिसावले सर्लाहीमा महिलाको सख्या बढी भएपनि मतादाता सख्यामा भने पुरुष भन्दा महिला मतादाता करिव ३८ हजारले कमी रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन