४ मंसिर २०८१, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा काँग्रेस प्रचारप्रसार कार्यालयलाई लक्षित गरी विस्फोटक पदार्थ

८ मंसिर २०७४, शुक्रबार ०८:०८

मङ्सिर ८, नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाको नवलपरासीस्थित प्रचारप्रसार कार्यालयलाई लक्षित गरी राखिएको विस्फोटक पदार्थलाई आज नेपाली सेनाको टोलीले निष्क्रिय पारेको छ । 

नवलपरासी, बर्दघाट सुस्ता, पूर्व क्षेत्रअन्तर्गत निर्वाचन क्षेत्र न १ को दुम्कौलीस्थित महामन्त्री डा कोइरालाको प्रचारप्रसार कार्यालयलाई लक्षित गरी राखिएको विस्फोटक पदार्थलाई झ्यालटङडाडांस्थित नेपाली सेनाको टोलीले निष्क्रिय पारेको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिनुभयो । महामन्त्री डा कोइरालाका सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुनुहुन्छ । 

दुम्कौली सिजी शास्वत धामस्थित नेपाली काँग्रेसको प्रचारप्रसार कार्यालय नजिक आज प्रेसर कुकरमा बम जस्तो देखिने शंखास्पद बस्तु फेला परेको थियो । बम भएको हुनसक्ने अनुमान गरिएको भए पनि सो बम नभइ विस्फोटक पदार्थ मात्र भएको प्रमुख जिल्ला अधिकारी मरासिनीले जानकारी दिनुभयो । 

सो विस्फोटक पदार्थ कस्ले र किन राखेको हो यसबारे अहिले केही खुल्न सकेको छैन् । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
महिला कैदीलाई बलात्कार आरोपमा राजविराज कारागारका कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी कैलालीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु तीन महिनामा ४ खर्ब ७ अर्ब रुपैयाँ भित्रियो रेमिट्यान्स दुर्गा प्रसाईँविरुद्ध लाग्न सक्छ यी अभियोग दुर्गा प्रसाईँलाई पुर्‍याइयो वीर अस्पताल आफू पक्राउ अगावै दुर्गा प्रसाईंले दिएका थिए पक्राउको जानकारी चिर्पटले हिर्काएर श्रीमतिद्वारा श्रीमानको हत्या आज पनि एक हजार एक सय रूपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ? दु्र्गा प्रसाईँमाथि ७ वर्षसम्म हुनसक्छ कैद : अभिवक्ता विनिता तामाङ सरकार पहिलो चौमासिकमा राजश्व संकलन गर्न कमजोर भक्तपुरस्थित निवासबाट पक्राउ परे दुर्गा प्रसाईं प्रधानमन्त्री ओली र सभापति देउवाबीच आजपनि छलफल हुँदै रुकुमपश्चिममा चिर्पट प्रहार गरेर श्रीमतीले गरिन् श्रीमानको ह-त्या अर्थ मन्त्रालयद्वारा विपद् व्यवस्थापन कोषमा एक अर्ब रुपैयाँ जम्मा जनकपुर बोल्टस्ले गरे आधिकारिक जर्सी सार्वजनिक युक्रेनलाई रुसविरुद्धलामो दूरीको क्षेप्यास्त्रप्रयोग गर्न बाइडेनको स्वीकृतिसँगै विश्वभर तरंग एक हजार एक सय रूपैयाँले बढ्यो सुनको मूल्य राष्ट्रिय सरोकार समितिको बैठक आज बस्दै आशिषलाई प्रश्न : ‘पूर्ण वहादुरको सारङ्गी’ कि ‘रैया चाँदीको’ हिट ? उप–निर्वाचनःउमेदवारको नामावली आज प्रकाशन हुने