2026-09-12 06:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सिरहामा बामगठबन्धनको कार्यालयमा प्रेसर कुकर बम बिस्फोट (फोटोफिचर)

राम नारायण पंडित/मङ्सिर ८, सिरहा । सिरहाको मिर्चैयामा प्रेसर कुकर बम बिस्फोट भएको छ । 

मिर्चैया नगरपालिका ६ मा रहेको नेकपा माओबादी केन्द्र र नेकपा एमाले (बामगठबन्धन) को चुनावी प्रचारप्रसार कार्यालयमा प्रेसर कुकर बम बिस्फोट भएको छ । 

सिरहा क्षेत्र नं. ४ को चुनाबी प्रचारप्रसारको कार्यालयमा आज (शुक्रबार) बेलुकी करीब ४ बजे प्रेसर कुकर बम बिस्फोट भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) गजुसिद्धि बज्राचार्यले बताए । 

बिस्फोटबाट कुनै मानविय क्षति नभएको प्रहरीको भनाई रहेको छ । बिस्फोटले गर्दा कार्यालयको भित्तामा समान्य क्षति पुगेको (डिएसपी) बज्राचार्यले बताए । घटनाको सम्बन्धमा अनुसन्धान जारी रहेको (डिएसपी) बज्राचार्यले दाबी गरे । उनले भने “त्रसित गर्नका लागि बम बिस्फोट गराएको छ ।”

स्थानिय प्रदिप साहको घरको माथिल्लो तल्लामा रहेको चुनाबी कार्यालयमा बम बिस्फोट भएको प्रहरीले जनाएको छ । घटनास्थलमा जनतान्त्रिक तराईमुक्ति मोर्चा (क्रान्तिकारी) का पम्पलेट फेला परेको (डिएसपी) बज्राचार्यले जनाए । 

चुनाव नजिकिँदै जाँदा जिल्लाको सुरक्षा व्यवस्था कडा नहुँदा बम बिस्फोट भएको स्थानीय बासिन्दाको आरोप छ । चुनावको पुर्ब संध्यामा प्रहरी कार्यालय अगाडी नै बम बिस्फोट भएकोले चुनौति बढे्को छ । एक्कासी ठूलो आवाजमा बम विस्फोट हुँदा स्थानियहरु त्रसित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन