2026-09-19 04:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

वाम गठबन्धनलाई जिताउने कञ्चनपुरका मुक्त कमैयाको घोषणा

भाष्कर केसी/मङ्सिर ९, कञ्चनपुर । आशन्न मंसिर २१ गते प्रतिनिधी र प्रदेश सभा निर्वाचनका लागि चुनावी मैदानमा रहेका विभिन्न राजनीतिक दल र उम्मेदवार मध्ये वाम गठबन्धनलाई कञ्चनपुरका मुक्त कमैयाले साथ दिने भएका छन् ।

कञ्चनपुरका मुक्त कमैयाले मालिकको घरबाट दासत्व जिवन मुक्त गराउने कम्युनिष्ट पार्टी भएकाले निवार्नचनमा वाम गठबन्धनका उम्मेदवार जिताउने घोषणा गरेको हुन् ।

 कञ्चनपुरका मुक्त कमैयाले वाम गठबन्धन जिताउन जिल्लाप्यापी अभियान संचालन गर्ने समेत भएको छ । शनिबार मुक्त कमैया समाज कञ्चनपुरको बैठकले वाम गठबन्धनलाई जिताउने निर्णय गरेको हो । 

मुक्त कमैया समाज कञ्चनपुरका अध्यक्ष घाँसिराम रानाले कम्युनिष्टले आफुहरुमा मुदा र मुक्ति दिलाउन अथक भूमिका निर्वाह गरेको भन्दै निर्वाचनमा वाम गठबन्धनलाई सघाउने निर्णय गरिएको बताए । 

उनका अनुसार मानव भएर अर्को मावनकै घरमा दासत्व नर्किय जिवन विताउन विवश मुक्त कमैयाले आफुहरुको मुक्तिका लागि कम्युनिष्ट नेता तथा पार्टीले लामो संघर्ष बलिदानी गरेर जिवनमै ठुलो गुन लगाएकाले कम्युनिष्टलाई मुक्त कमैया समुदायको भोट दिन लागेका हौँ । 

विगतमा मालिकको पञ्जाबाट मुक्ती दिलाएर आफुहरुलाई मानविय जिवन दिने कम्युनिष्ट भएकै कारण आज कम्युनिष्टले लगाएको गुनदिनुपर्ने भन्दै कञ्चनपुरका मुक्त कमैया यो निर्णयमा पुगेका हुन् । 

कम्युनिष्टले मात्रै आफुहरु जस्ता निमुखा, बेसाहरा जनताको हक अधिकारका लागि सडक देखि सदनसम्म लड्ने भएकाले कम्युनिष्ट सरकारलाई बनाउन पनि वामलाई सघाउन मात्रै होईन जिताउने लागेको अध्यक्ष रानाको भनाई छ । 

उनका अनुसार कञ्चनपुरका ३ प्रतिनिधी र ६वटै प्रदेश गरि ९ उम्मेदवार जिताउन मुक्त कमैयाले आब्हान समेत गरेको छ । सुखदुखमा साथ दिने कम्युनिष्ट भएकाले कम्युनिष्ट मुक्त कमैया, हलिया, कम्लहरी, निमुखा जनताको सारथी भएको समेत अध्यक्ष रानाको निष्कर्ष छ ।

 मुक्त कमैया समुदायले यसरी वामलाई जिताउन लिखितै निर्णय गरेपछि कञ्चनपुरमा बलियो बन्दै गएको बामलाई थप उर्जा मिलेको छ । विगतमा कम्युनिष्ट नेता र पार्टीले लगाएको गुनको मुल्याङ्गकन गदै आगामी दिनमा समेत कम्युनिष्टले आफ्नो समुदाय जस्तो विछडीको समुदायको हक अधिकारका लागि थप साथ दिने मुक्त कमैयाका नेताहरुले आशा व्यक्त गरेका छन् । 

मुक्त कमैयाले आफ्ना विभिन्न शिबिरमा पैशाको अफर आएपछि श्रणिक अर्काको पैशा खाएर आफ्नो समस्या समाधान नहुने भन्दै मुक्त कमैयालाई चुनावका बेला भोट बैंक नसम्झन समेत आग्रह गरेका छन् । 

विगतका जुन मुक्त कमैयाले जे जे गरेपनि अब मुक्त कमैया कम्युनिष्ट सरकारका कारण चतुर भएकाले मुक्त कमैयाको मतलाई पैशामा किन्ने प्रयास नगर्न समेत अनुरोध गरेका छन् । 

मालिकको पञ्जाबाट दासत्व जिवन बिताईरहेका मुक्त कमैयाका लागि दिर्घकालिन कार्यक्रम योजना ल्याउन समेत वाम उम्मेदवारसंग माग गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा