१५ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

धादिङ्ग मैदीका वडाध्यक्षद्वारा रुख चिन्हमा भोट नदिए पानीसमेत खान नदिने धम्की

९ मंसिर २०७४, शनिबार १७:०८

मंसिर ९, धादिङ | आइतवार धादिङ सहित ३२ जिल्लामा निर्वाचन हुँदैछ । निर्वाचनमा आ-आफ्नो पक्षमा मतदान दिन बिभिन्न तरिका अपनाउने क्रममा ज्वालामुखी गाउँपालिका –२, का वडाध्यक्ष रणबहादुर शाहीले मैदीको काफलपानीका दलित परिवारलाई रुख चिन्हमा भोट नहाले पानीसमेत खान नदिने धम्की दिएका छन् ।

निर्वाचनको मौन अवधिमा दलित बस्तीमा पुगेर भोलि हुने निर्वाचनमा कांग्रेस उम्मेदवारलाई मत नदिए पानी समेत नदिने धम्कि दिएका हुन् । यस घटनाको बिभिन्न मिडियाले कभरेज दिएका छन् । धम्कि पाउनेहरुमा ५७ वर्षका पदम बहादुर बिक, ६४ वर्षका टेकमान विक, ७२ वर्षका जगतमान बिक रहेका छन् । मैदीको दियम खोलाको पानी आफ्नो भएकोले खाने पानी रोक्ने उनीहरुले धम्कि दिएपछी उनीहरुले संचारमध्यममा आफ्नो दुखेसो पोखेका हुन् ।

आरोपीहरुका अनुसार ज्वालामुखी गाउँपालिका –२ का वडा अध्यक्ष शाहीले काफलपानीमा एक दलित वस्तीमा चुरोट खान दिँदै यस्तो धम्की दिएका हुन् । शुक्रबार साँझ झण्डै ७ बजे काफलपानीका पदमबहादुर बिक घरसल्लाह गरिरहँदा वडाध्यक्ष शाही एक सहयोगीसहित उनको घरमा प्रवेश गरे । शाहीले औपचारिक कुराकानी सुरु नगर्दै पदमबहादुरकी श्रीमती दिलमायाको हातमा चुरोट राखिदिएर आफू आउनुको कारण सुनाउँदै भोट मागेका थिए । उनले भोट माग्ने क्रममा सिधै आफ्नो पावर देखाई – अहिले वडामा सबै काम गर्ने मै हुँ भन्दै राहत दिने बेलामा सबै काम मैले गरेको छु भनेर मतदातालाई प्रभावित पार्न खोजेका थिए । सोहि क्रममा साहीले कांग्रेसलाई मत दिनुपर्ने भन्दै रुखमा मतदान नगरे पानी समेत नदिने धम्कि दिएका हुन् । 

मतदातालाई धम्क्याउने साही कांग्रेस धादिङका पूर्व गाउँ सभापति समेत हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आमा–छोराको हत्या प्रकरणमा बुहारी पक्राउ काठमाडौँ उपत्यकामा वर्षा बझाङमा विद्यालयको भवन निर्माणमा भ्रष्टाचार, ५ जनाविरुद्ध मुद्धा दायर नेप्सेमा सामान्य अङ्कको सुधार आगामी एक वर्षभित्र ‘ग्रे लिस्ट’ बाट बाहिरिने गरी काम गरौँः अर्थमन्त्री खनाल राष्ट्रपति पौडेल समक्ष राष्ट्रिय सभा सदस्य निर्वाचनको प्रतिवेदन पेस सुनचाँदीको मूल्यआज पनि बढ्यो भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध युवराज सफल पक्राउ पार्टी १२ दिन कोमामा गयो तर तन्दुरुस्त भएर निस्कियौं: कुलमान घिसिङ सामाजिक सञ्जालमा स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम हुँदैछ: प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि भारतले उपहार दिएका गाडीहरू सिंहदरबारमा राखियो नेप्से परिसूचक ४२.५८ अंकले घट्यो राष्ट्रियसभाको बैठकमा दुईवटा प्रतिवेदन पेस तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ राष्ट्रियसभाको बैठक सिंहदरवारमा सुरु परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण