पढ्न करिब 1 मिनेट लाग्छ

मंसिर १०, सिराहा । सिराहाको निरदनामा अज्ञात समुहले चलाएको गोली लागेर एक प्रहरी जवान र एक म्यादी प्रहरीसहित दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा प्रहरी जवान मागेराम यादव र म्यादी प्रहरी आदर्श यादव छन् । आइतबार दिउँसो अज्ञात समूहले चलाएको गोली लागेर जीतना प्रहरी चौकीमा कार्यत उनीहरु घाइते भएको जिल्ला प्रहरी कार्यालय, सिराहले जनाएको छ ।

गोली कसले र किन चलाएको भन्ने पुष्टि नभएको जिल्ला प्रहरी कार्यलय सिराहले जनाएको छ ।

मागेरामको पेटमा र आदर्शको कोखमा गोली लागेको प्रहरीले जनाएको छ । सवारी चेकजाँचका क्रममा बाइकमा आएका दुई जनाको समूहले गोली चलाएको बताइएको छ । घाइते दुवैलाई उपचारका लागि वीपी कोइराला, धरान लगिएको छ ।