Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आम नेपालीलाई प्रधानमन्त्री देउवाद्वारा धन्यवाद ज्ञापन

२०७४, १० मंसिर आईतवार १२:३९

मङ्सिर १०, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको प्रथम चरणको निर्वाचन उत्साहपूर्वक सम्पन्न भएकामा आम नेपालीमा धन्यवाद ज्ञापन गर्नुभएको छ । 

प्रधानमन्त्री देउवाले आज एक विज्ञप्तिमार्फत लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सव निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग पु¥याउने सबैमा धन्यवाद दिनुभएको हो । 

दोस्रो चरणको निर्वाचन मंसिर २१ गते पनि स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको अवगत गराउँदै उहाँले तीनवटै तहको निर्वाचन सम्पन्न भइसकेपछि मुलुक राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

संविधानले पहिलोपटक मुलुकको सार्वभौमसत्ता अधिकार नेपाली नागरिकमा निहित गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपाली नागरिकले प्राप्त सार्वभौम अधिकारको प्रयोग निर्वाचनका माध्यमबाट गरेकोमा खुशी व्यक्त गर्नुभएको छ । 

“नेपाली नागरिकको यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सद्भाव, सहयोग र समझदारीप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सदाझैँ सहयोग र सद्भावको अपेक्षा गर्दछु” विज्ञप्तिमा उल्लेख छ । 

संविधानअनुसार तीन तहको सरकार निर्माण गर्ने सन्दर्भमा संघीय संसद् र प्रादेशिक संसद्को लागि आफ्ना जनप्रतिनिधि छनोट गर्ने प्रथम चरणको निर्वाचन आज मंसिर १० गते ३२ जिल्लामा सम्पन्न भएको छ । 

संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको संघीय शासन प्रणालीको व्यवस्था गरेबमोजिम नागरिकले दैनिक रुपमा देख्ने र अनुभव गर्न सक्ने स्थानीय तहको निर्वाचन सम्पन्न भई जनप्रतिनिधिले कार्य शुरु गरिसकेको छन् । 

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन ४५ जिल्लामा यही मंसिर २१ गते हुँदैछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश