११ कार्तिक २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आम नेपालीलाई प्रधानमन्त्री देउवाद्वारा धन्यवाद ज्ञापन

१० मंसिर २०७४, आईतवार १२:३९

मङ्सिर १०, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको प्रथम चरणको निर्वाचन उत्साहपूर्वक सम्पन्न भएकामा आम नेपालीमा धन्यवाद ज्ञापन गर्नुभएको छ । 

प्रधानमन्त्री देउवाले आज एक विज्ञप्तिमार्फत लोकतन्त्रको यो सबैभन्दा ठूलो उत्सव निर्वाचनलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सहयोग पु¥याउने सबैमा धन्यवाद दिनुभएको हो । 

दोस्रो चरणको निर्वाचन मंसिर २१ गते पनि स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको अवगत गराउँदै उहाँले तीनवटै तहको निर्वाचन सम्पन्न भइसकेपछि मुलुक राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गर्नुभएको छ । 

संविधानले पहिलोपटक मुलुकको सार्वभौमसत्ता अधिकार नेपाली नागरिकमा निहित गरेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपाली नागरिकले प्राप्त सार्वभौम अधिकारको प्रयोग निर्वाचनका माध्यमबाट गरेकोमा खुशी व्यक्त गर्नुभएको छ । 

“नेपाली नागरिकको यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा अन्तर्राष्ट्रिय समुदायबाट प्राप्त सद्भाव, सहयोग र समझदारीप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि सदाझैँ सहयोग र सद्भावको अपेक्षा गर्दछु” विज्ञप्तिमा उल्लेख छ । 

संविधानअनुसार तीन तहको सरकार निर्माण गर्ने सन्दर्भमा संघीय संसद् र प्रादेशिक संसद्को लागि आफ्ना जनप्रतिनिधि छनोट गर्ने प्रथम चरणको निर्वाचन आज मंसिर १० गते ३२ जिल्लामा सम्पन्न भएको छ । 

संविधानले संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको संघीय शासन प्रणालीको व्यवस्था गरेबमोजिम नागरिकले दैनिक रुपमा देख्ने र अनुभव गर्न सक्ने स्थानीय तहको निर्वाचन सम्पन्न भई जनप्रतिनिधिले कार्य शुरु गरिसकेको छन् । 

प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन ४५ जिल्लामा यही मंसिर २१ गते हुँदैछ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बोटोक्सका कारण मुख बाँगो भएको आलोचनापछि के भनिन् अलिया भट्टले? प्रचण्डलाई ओलीको जवाफः‘हतियार नचलाए पनि विसाउने तरिका सिकाउछौं’ रवि लामिछानेलाई बयानका लागि सरकारी वकिल कार्यालय लगियो आज आइतबार प्रतितोला १४ सय रूपैयाँले बढ्दै सुनको भाउ हालसम्मकै उच्च! दोलखा केन्द्रबिन्दु भएर भूकम्पको धक्का म्यानचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा जर्जियाको संसदीय निर्वाचन : ७० प्रतिशत मतगणना हुँदा सत्तारूढ जीडी पार्टीलाई ५३ प्रतिशत मत घरेलु मैदानमै रियल बार्सिलोनासंग ४–० गोलले पराजित ट्राफिक प्रहरीले तीन महिनामा गरे दुई करोड ७९ लाख राजस्व सङ्कलन यस्तो छ आइतबारको विदेशी मुद्राको विनिमय दर साफ वुमेन्स च्याम्पियनसिप: आज भारतसँग सेमिफाइनल खेल्दै नेपाल स्थानीय र पश्चिमी वायुको प्रभाव: यी स्थानमा हुनेछ वर्षा विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा नेपाल आज अमेरिकासंग खेल्दै रास्वपा केन्द्रिय समिति बैठक: निरन्तर आन्दोलन संगै पार्टी गतिविधि सूचारु गर्ने निर्णय विश्वकप लिग –२ अन्तर्गतको त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टिमको घोषणा हाम्रो खवरदारीलाई सरकारले वेवास्ता गरे अवस्था गम्भीर हुनेछ : प्रचण्ड नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ : प्रधानमन्त्री दलाल र पूँजीवादी दलहरुसँग सहकार्य गर्नु गल्ती थियोः प्रचण्ड फिल्म‘अग्निदहन’को ’दाइ दाइ नभन मलाई’बोलको गीत सार्वजनिक माओवादीको सामान्य खबरदारी सभाले नै सरकार थुरथुर काम्यो : सचिव शाक्य