१० माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्याग्दीका मतदाताको अपेक्षाः शान्ति, विकास र समृद्धि

११ मंसिर २०७४, सोमबार ०३:५६

मंसिर ११, म्याग्दी । आइतबार सम्पन्न प्रतिनिधि र प्रदेशसभाको पहिलो चरणको निर्वाचनबाट प्रतिनिधि चयन गर्नका लागि मतदान गरेका म्याग्दीका मतदाताले दिगो शान्ति, स्थिर सरकार, विकास र समृद्धिको अपेक्षा गरेका छन् ।

विगतका निर्वाचन राजनीतिक मुद्दामा केन्द्रित हुने गरेको बताउँदै मतदाताले अब राजनीतिक विषयमा नभई आर्थिक समृद्धि र विकास केन्द्रित हुन निर्वाचनबाट चुनिएर आउने प्रतिनिधिलाई सुझावसमेत दिएका छन् ।

बिहान ७: ०० बजे बेनी नगरपालिकाको हंशवाहिनी मतदान केन्द्रबाट सबैभन्दा पहिला मतदान गरेका ९६ वर्षीय रणबहादुर सुवेदी शान्ति र विकास हेरेर मर्ने मन भएको बताउँछन् । ‘देशमा धेरै व्यवस्था फेरिए, धेरै पटक भोट हालेँ’, सुवेदीले भने, ‘तर जनताको अवस्थामा सुधार र जिल्लाको विकास भने हुन सकेन, अब चुनिने जनप्रतिनिधिले विकास र समृद्धिलाई नै पहिलो प्राथमिकता दिनुपर्छ ।’

सोही मतदान केन्द्रबाट पहिलोपटक मतदान गरेकी रुपा सापकोटाले निर्वाचन जितेर आउने प्रतिनिधिले जनताका आवश्यकता र जिल्लाको विकासलाई ध्यानमा राखेर काम गर्नुपर्ने बताउँदै आफ्नो मतको सदुपयोग गरिदिन आग्रह गरिन् ।

ज्यामरुककोटको अर्जुन मावि मतदान केन्द्रबाट मतदान गरेका नारायण शर्माले नागरिक अधिकारको सदुपयोग गर्न र योग्य जनप्रतिनिधिको छनोट गर्न आफूले मतदान गरेको बताए ।

जिल्लाका ७२ मतदान स्थल र १०६ वटा मतदान केन्द्रबाट बिहान ७ः०० बजेदेखि मतदान शुरु भएको थियो । सबै मतदान केन्द्र र मतदान स्थलमा शान्तिपूर्णरुपमा निर्वाचन सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।

जिल्लाका सबै मतदान स्थल र केन्द्रमा वृद्धवृद्धा,अपांगता भएका, अशक्त महिलालाई सबैभन्दा पहिला मतदान गराइएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो आज वसन्तपञ्चमी मनाइँदै करेन्ट लागेर एक जनाको मृत्यु गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता उच्चस्तरीय जाँचबुझ आयोगको म्याद २० दिन थप बिहीबार ९ अंकले बढ्यो नेप्से मन्त्रिपरिषद् बैठक सुरु