२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

आचारसंहिता उलङघन गर्ने कांग्रेसलाई निर्वाचन आयोगको छुट

११ मंसिर २०७४, सोमबार ०७:०७

मंसिर ११, कञ्चनपुर । नेपाली काँग्रेसले कञ्चनपुरका सरकारी कार्यालयमा झण्डा गाड्दै आचार संहिताको नाङगो उलङघन गरेको छ । 

निर्वाचन क्षेत्र नम्बर ३ का एक सरकारी कार्यालय र सामुदायिक विद्यालयमा काँग्रेसले झण्डा गाड्दै निर्वाचन आचार संहिताको धज्जी उडाएको छ । भीमदत्त नगरपालिका ११ वडा कार्यालयमा काँग्रेसले आफ्नो झण्डा र चुनाव चिन्ह अंकित झण्डा गाडेको छ । 

भीमदत्त नपा ११का वडा अध्यक्ष प्रेम जैसीले झण्डा गाडेको विषयमा अनविज्ञता प्रकट गरेका थिए । भने भीमदत्त नगरपालिका १३ बडैपुर स्थित सिद्धनाथ माध्यामिक विद्यालयमा झण्डा गाड्दै आचार संहिता उलङघन गरेको छ । 

विद्यालयको कार्यालय कक्षको छतबाट नजिकै विद्युत पोलमा झण्डा गाडेपछि विपक्ष दलले विरोध समेत गरेको छ । विद्यालयका अध्यक्ष खडक सिह ऐडी र अध्यक्ष भगवती थापा काँग्रेस निकट भएकाले काँग्रेसलाई विद्यालयमा झण्डा लगाउन छुट दिएको वामका नेताहरुको दावि छ । विद्यालयमै झण्डा गाडेपछि विद्यार्थीले समेत बिरोध गरेका छन् । 


सरकारको नेतृत्व सम्हालेको काँग्रेसलाई निर्वाचन आयोगले समेत कञ्चनपुरमा आचार संहिता उलङघन गर्न छुट दिएको वामका नेताहरुको आरोप छ । कञ्चनपुरका विभिन्न स्थानमा विद्युतका पोलमा काँग्रेस, एमाले, माओवादी केन्द्र, लगायतका पार्टी र उम्मेदवारले झण्डा गाडेका छन् । विद्युतका पोलमा झण्डा गाड्दा कहिकतै दुर्घटना निम्तन सक्ने भन्दै सरोकारवाला निकायले चिन्ता समेत प्रकट गरेका छन् । 

विद्युतका पोलमा झण्डा गाड्ने होडबाजीले कही गरिबका छोराछोरी सोझा कार्यकर्ता करेन्टका शिकार बन्न सक्ने चिन्ता प्रकट गर्दै यहाँका बुद्धिजिवीले झण्डा गाड्ने विषयमा विद्युतका पोलमा होसियारी अपनाउन समेत आग्रह गरेका छन् ।







प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की एनपिएल : पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर आमनेसामने मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च