2026-09-12 06:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सर्लाहीबाट उठेका माओवादी उम्मेदवार रायको उमेदवारी खारेज, यस्तो छ कारण

मङ्सिर ११, सर्लाही । निर्वाचन आयोगले सर्लाही क्षेत्र न -४ का माओवादी केन्द्रका उमेदवार शिवपुजन रायको उमेदवारी(रद्ध ) खारिज गरेको छ । उनी बिरुद्ध आयोगमा उजुरी परेको थियो ।

पहिलो संविधान सभामा सदस्य रहनुभएका राय आफुले पाएको रातो(कुटनैतिक)राहदानीको दुरुपयोग गरेको अभियोगमा विषेश अदालतबाट सजाय पाएको ब्यक्ति हुनुहुन्छ । 

उनी बिरुद्ध सोही निर्वाचन क्षेत्रका स्वतन्त्र उमेदवार गणेश कुमार सिंहले जिल्लामा र अर्का स्वतन्त्र उमेदवार अनिल कुमार सिंहले कात्तिक १९ गते आयोगमा निवेदन दर्ता गराएका थिए ।आयोगले राय उपर परेको निवेदन प्रति निर्णय गर्न ढिलाइ गरेपछि उजुरीकर्ताहरु ले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

सर्वोच्चले आयोग सँग त्यस विषयमा जवाफ मागेपछि आयोगले जवाफ पठाउनु अगावै रायको उमेदवारी खारिज गरेको छ।आयोगले प्रतिनिधि सभाको ऐन अनुसार रायको उमेदवारी खारिज गरेको र सो को जानकारी सम्बन्धित निर्वाचन अधिकृत र उमेदवार रायलाई  जानकारी गराउने निर्णय गरेको छ । 

विषेश अदालतले २०७२ साउन २६ गते कुटनितिक राहदानी सच्याएर हेरफेर गरेर अनाधिकृत मानिसलाई विदेश पठाएर भ्रष्टाचार गरेको फौजदारी अभियोगमा रायलाई ४ महिनाको कैद र १५ हजार नगद जरिवानाको फैसला सुनाएको थियो। 

पहिलो सम्विधान सभाको निर्वाचनमा तत्कालीन सर्लाही निर्वाचन क्षेत्र न-६ बाट संघिय समाजवादी फोरम बाट निर्वाचित हुनुभएको राय दोस्रो सम्विधान सभाको चुनावमा तराई मधेस सदभावना पार्टी बाट उमेदवार भइ पराजित हुनुभएको थियो ।अहिले उहाँ क्षेत्र न-४ बाट माओवादी केन्द्रको उमेदवार बन्नुभएको थियो ।

रायको उमेदवारी खारिज भए सँगै उनको मुख्य प्रतिस्पर्धीको रुपमा रहेका नेपाली काँग्रेसका अमरेश कुमार सिंह र राजपा नेपालका राकेश मिश्र बिच कडा टक्कर चल्ने राजनीतिक विश्लेषकहरुले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन