२०८२, २९ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकदलीय कम्युनिष्ट मुलुकका लागि स्वीकार्य छैन: देउवा

२०७४, ११ मंसिर सोमबार १२:२७

मङ्सिर ११, दमक । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले एकदलीय कम्युनिष्ट अधिनायकवाद मुलुकका लागि स्वीकार्य नहुने विचार व्यक्त गर्नुभएको छ । 

झापाको गौरादहमा आज काँग्रेस क्षेत्रीय समितिले स्थानीय गौरादह बजारमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै सभापति देउवाले नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)ले सत्तास्वार्थ र लोकतन्त्र र संविधान समाप्त गर्ने उद्देश्यले वाम गठबन्धन गरेर मुलुकलाई विभाजनतर्फ उन्मुख गराएको आरोप लगाउनुभयो । 

उहाँले लोकतन्त्रविना मुलकले समृद्धि नपाउने भएकाले जनताले लोकतन्त्रका पक्षधरलाई जिताउने विश्वास व्यक्त गर्दै भन्नुभयो, “वाम गठबन्धन अप्राकृतिक छ, यसले देशलाई थप अस्थिरतातर्फ धकेल्नेछ ।” नेता देउवाले झापाली जनतालाई लोकतन्त्रका पक्षमा अभिमत दिन आह्वानसमेत गर्नुभयो । 

सो सभामा काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनलाई अनिष्टको संज्ञा दिँदै त्यसको औचित्य नभएको टिप्पणी गर्नुभयो । नेता पौडेलले नेपाली जनतालाई झुक्याएर साम्यवादको सपना नदेख्न चेतावनी दिँदै भन्नुभयो, “जनता अधिनायकवाद रोज्दैनन्, यसलाई चुनावमार्फत जनताले परास्त गर्छन् ।” 

सभामा काँग्रेस केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बे, काँग्रेसबाट झापा क्षेत्र नं ५ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा खगेन्द्रपाण्डव अधिकारी, प्रदेशसभाका उम्मेदवारद्वय अनिलकृष्ण प्रसार्इं र राजनकुमार ढुंगाना, काँग्रेस निर्वाचन परिचालन समितिका केन्द्रीय सदस्य पदम पौडेल, काँग्रेस गौरादह नगर सभापति यादवराज सेढाईं, महासमिति सदस्य फूलवती राजवंशी, नेता सुरेश सुब्बा, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, राप्रपाका केन्द्रीय सदस्य दिलीप राई, भद्रपुर नगरपालिकाका पूर्वप्रमुख भारतेन्दु मल्लिकलगायतले लोकतन्त्र र मुलुकको समृद्धिका लागि काँग्रेसलाई विजयी गराउन आग्रह गर्नुभएको थियो । 

सो अवसरमा गौरादह नगरप्रमुख रोहित शाहले गौरादहको पर्यटकीयस्थलका रुपमा परिचित माछापोखरीको विकासका निम्ति सरकारबाट सहयोगका लागि प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र प्रस्तुत गर्नुभएको थियो । 

त्यस्तै भुटानी शरणार्थीका अग्रज डा भम्पा राईसहितको प्रतिनिधिमण्डलले भुटानी शरणार्थीको स्वदेश फिर्तीमा सहयोग पु¥याइदिन मागसहितको ज्ञापनपत्र प्रधानमन्त्रीलाई हस्तान्तरण गर्नुभएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने ग्रामीण पर्यटन आर्थिक समृद्धिको बलियो आधार हो: नारायणप्रसाद दाहाल काठमाडौँ उपत्यकामा सार्वजनिक सवारीमा न्यूनतम भाडा २४ रुपैयाँ रुखले किचेर एक जनाको मृत्यु, दुई जना घाइते वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर कलाकार सागर लम्साल हाजिर जमानीमा छुटे उपसभामुखमा रुबी कुमारी निर्वाचित लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन